फागुन ३ भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र आफ्नो प्रतिबद्धता पत्र ९निर्वाचन घोषणापत्र० सार्वजनिक गर्न निर्देशन दिएको छ ।

आयोगको मंगलबार बसेको बैठकले तोकिएको समयसीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्नुपर्ने निर्णय गरेको हो । २०८२ साल फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने तय भएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा पेस गर्नुपर्नेछ । त्यस्तै, स्वतन्त्र तथा दलका उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउनुपर्ने व्यवस्था छ ।

आयोगले समयमै घोषणापत्र सार्वजनिक नगरेमा कानुनी कारबाही हुन सक्ने भन्दै सबै दल र उम्मेदवारलाई निर्देशनको पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित