विदेशमा बसेका नेपालीका सहरा बनेका गोपी उपाध्याय चुनावी मैदानमा, क्षेत्र नं. १ मा बढ्दो जनसमर्थन

बेलडाँडी । नेपाली काँग्रेसका युवा नेता गोपी प्रसाद उपाध्याय विदेशमा अलपत्र परेका नेपालीहरूको सहरा बन्दै आएका थिए । पीडितको पक्षमा निरन्तर सक्रिय रहँदै आएका उपाध्यायले गरेका सामाजिक कार्यकै आधारमा नेपाली काँग्रेस क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएका हुन् ।

गगन थापा नेतृत्वको काँग्रेसले क्षमतावान, कर्मठ र भरोसायोग्य युवा नेताका रूपमा उपाध्यायलाई विश्वासका साथ टिकट दिएपछि उनी चुनावी मैदानमा सक्रिय बनेका छन् । हाल उपाध्याय घरदैलो कार्यक्रममा व्यस्त छन् ।

पार्टीले दिएको जिम्मेवारीअनुसार ४६ वर्षीय उपाध्याय रुख चुनाव चिन्हबाट मैदानमा उत्रिएका छन् । विगतमा उनले गरेका सामाजिक तथा मानवीय कार्यको क्षेत्रबासीले खुलेर प्रशंसा गरिरहेका छन् । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउनेदेखि लिएर क्षेत्रभर अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरणसम्मका कार्यले उपाध्यायलाई जनस्तरमा लोकप्रिय बनाएको छ ।

निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका युवा नेता उपाध्यायलाई पार्टीले टिकट दिएपछि काँग्रेसभित्रका एकथरी नेता तथा कार्यकर्ता उत्साहित भएका छन् । अन्य पार्टीका समर्थकहरूले समेत उपाध्यायलाई मत दिने अपेक्षा गरिएको उपाध्याय निकट स्रोतले जनाएको छ ।

युवा पुस्ता (जेनजी) का माग र अपेक्षा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘जनताको नोकर भएर काम गर्ने’ उनको अभिव्यक्तिले धेरै मतदाताको मन जित्न सफल भएको देखिन्छ । यद्यपि, पुरानो पार्टी भए पनि नयाँ अनुहार भएकाले उपाध्यायले कति मत ल्याउने भन्ने विषयमा मतदाताबीच चासो र चर्चा भने कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित