इतिहास साक्षी : कञ्चनपुर-१ मा बदलिँदो जनमतको कथा

बेलडाँडी । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ नेपाली राजनीतिक परिवेशमा एउटा रोचक उदाहरणका रूपमा उभिएको छ । यहाँको निर्वाचन इतिहासले स्पष्ट देखाउँछ्, मतदाताले सधैं परिस्थिति, काम र नेतृत्वको मूल्यांकन गर्दै आफ्नो निर्णय बदलेका छन् । कुनै एक दलमा स्थायी रूपमा अडिनुभन्दा विकल्प रोज्ने अभ्यास यहाँ बलियो रहँदै आएको छ ।

२०४८ मा नेपाली काँग्रेस, २०५१ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), २०५६ मा पुनः काँग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० मा फेरि काँग्रेस, २०७४ मा माओवादी केन्द्र र २०७९ मा एमाले विजयी हुनु यस क्षेत्रको बदलिँदो जनमतको ज्वलन्त उदाहरण हो ।

यसले के संकेत गर्छ भने कञ्चनपुर-१ का मतदाता केवल नारामा होइन, परिणाममा विश्वास गर्छन् । काम प्रभावकारी देखिए समर्थन, अपेक्षा पूरा नभए विकल्प रोज्ने यहाँको राजनीतिक संस्कार बनेको छ ।

हाल देशव्यापी रूपमा देखिएको युवाकेन्द्रित असन्तुष्टि र परिवर्तनको मागले यहाँ पनि प्रभाव पारेको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति देखिएको आकर्षणलाई धेरैले यही बदलिँदो जनमतको निरन्तरता ठानिरहेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार कञ्चनपुर-१ को मतदाता भावनात्मकभन्दा बढी मूल्यांकनमा विश्वास गर्ने प्रवृत्तिका छन् । यही कारण यो क्षेत्र हरेक निर्वाचनमा राष्ट्रिय चासोको केन्द्र बन्ने गरेको छ ।

यस क्षेत्रमा स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर स्थानीय राजनीतिक वृत्तमा मुख्य प्रतिस्पर्धा भने चार दलबीच हुने आँकलन गरिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित