घण्टीको बढ्दो जनलहर, रास्वपालाई कमजोर देखाउन ठाउँठाउँमा चलखेल

कञ्चनपुर । देशव्यापी रूपमा परिवर्तनको एजेन्डा अघि सार्दै चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना घण्टीबाहक उम्मेदवारप्रति मतदाताको आकर्षण दिनप्रतिदिन बढिरहेको दाबी गरेको छ । रास्वपाका अनुसार जनलहर आफ्नो पक्षमा उभिँदै जाँदा रास्वपालाई कमजोर देखाउन विभिन्न स्थानमा सुनियोजित गतिविधि समेत भइरहेको छ ।

रास्वपाका अनुसार कहिले आफ्नै झण्डा जलाएर पार्टीकै कार्यकर्तामाथि दोषारोपण गर्ने, कहिले अन्य उम्मेदवार तथा समूहलाई प्रयोग गरी भ्रम सिर्जना गर्ने प्रयास भइरहेका छन् । यस्ता गतिविधिलाई रास्वपाले “हतोत्साहित मानसिकता” को परिणाम भन्दै देश घण्टीमय बन्दै गएको अवस्थामा आत्तिएका शक्तिहरूले अनेक रणनीति अपनाइरहेको जनाएको छ ।

रास्वपाका अनुसार मतदाताबाट दूरी सिर्जना गर्ने, छवि धुमिल बनाउने र चुनावी लाभ उठाउने उद्देश्यले योजनाबद्ध रूपमा दुष्प्रचार भइरहेको छ । सचेत मतदातालाई अनावश्यक प्रचार र भ्रमको पछि नलाग्न आग्रह गर्दै रास्वपाले सत्य, एजेन्डा र स्पष्ट दृष्टिकोणका आधारमा निर्णय लिन अपिल गरेको छ।

कञ्चनपुर क्षेत्र नं. १ मा १९ जना उम्मेदवार रहेको उल्लेख गर्दै रास्वपाले तीमध्ये आधाभन्दा कम उम्मेदवार मात्र सार्वजनिक बहस र मत माग्ने अभियानमा सक्रिय देखिनु अर्थपूर्ण भएको जनाएको छ । महेन्द्रनगर जेसीजले आयोजना गरेको उम्मेदवार संग प्रत्यक्ष संवाद अन्तरक्रिया कार्यक्रममा १९ मध्ये ५ जना मात्र सहभागी हुनु जनतामाझ आफ्ना एजेन्डा स्पष्ट रूपमा राख्न नसक्नुको संकेत भएको टिप्पणी गरिएको छ ।

रास्वपाका अनुसार वर्षौँदेखि परम्परागत राजनीतिक अभ्यास देखेका मतदाताले यसपटक खुला रूपमा “घण्टीमै भोट” दिने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । देशव्यापी रूपमा बढ्दो समर्थनले अन्य दलहरूमा असहजता देखिनु स्वाभाविक भएको पार्टीको निष्कर्ष छ ।

परिवर्तन, पारदर्शिता र उत्तरदायित्वको नारासहित अघि बढेको रास्वपाले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको दोहोर्याउँदै आएको छ । घण्टीमा हालिएको मत खेर जान नदिने प्रतिबद्धतासहित पार्टी चुनावी अभियानलाई अझ तीव्र बनाउँदै लगेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित