कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा दिउँसो ३:०० बजेसम्म ५३ हजार ३५३ मत खसेको छ।
निर्वाचन कार्यालयका अनुसार हालसम्म २९ हजार ६४ महिला र २४ हजार २८९ पुरुषले मतदान गरेका छन्। बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा जारी रहेको छ।
यस क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेका छन्। निर्वाचनमा कुल १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने १५ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन्।
मुख्य प्रतिस्पर्धामा तारालामा तामाङ (नेपाल कम्युनिष्ट पार्टी (एमाले)), बीना मगर (नेपाल कम्युनिस्ट पार्टी), गोपि प्रसाद उपाध्याय (नेपाली काँग्रेस) र जनक सिंह धामी (राष्ट्रिय स्वतन्त्र पार्टी) लगायत उम्मेदवारहरू रहेका छन्। मतदान प्रक्रिया साँझसम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ।





















Discussion about this post