कञ्चनपुर-१ मा आज धन्यवाद यात्रा, विभिन्न ठाउँमा धन्यवाद सभा

बेलडाँडी । कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक सिंह धामीले आज क्षेत्रका विभिन्न स्थानमा धन्यवाद सभा आयोजना गर्ने भएका छन्।

रास्वपाले विजयी जुलुस ननिकाल्ने केन्द्रीय निर्देशन दिएपछि मतदातालाई धन्यवाद दिनका लागि क्षेत्रभर धन्यवाद सभा आयोजना गरिएको रास्वपा क्षेत्रीय समितिले जनाएको छ। समितिका अनुसार आज फागुन २४ गते दिनभर विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै धन्यवाद व्यक्त गरिनेछ।

समितिले सार्वजनिक गरेको तालिकाअनुसार कार्यक्रम बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका विभिन्न बजार क्षेत्रमा आयोजना गरिनेछ।

यस्तो छ धन्यवाद सभाको तालिका

बेलौरी नगरपालिका

बिहान १०ः००–१०ः२० बजे — भिमदत्त चोक

बिहान १०ः५०–११ः१० बजे — कलकत्ता बजार

साँझ ५ः००–५ः३० बजे — गोकुलपुर बजार

साँझ ५ः३० बजे — बेलौरी बजार (समीक्षा कार्यक्रम)

बेलडाँडी गाउँपालिका

दिउँसो ११ः४०–१२ः०० बजे — चवन्नी बजार

लालझाडी गाउँपालिका

दिउँसो १२ः३०–१ः३० बजे — चान्देव बजार (खाना समय)

दिउँसो १ः००–१ः२० बजे — कञ्ज बजार

पुनर्वास नगरपालिका

दिउँसो १ः५०–२ः१० बजे — पिपलचौतारा, अमरबस्ती

दिउँसो २ः२५–२ः४५ बजे — भिमविक बस्ती, नयाँ बजार

दिउँसो ३ः१५–३ः३० बजे — पृथ्वी चोक

साँझ ३ः४५–३ः५५ बजे — टाउन खुला मञ्च

साँझ ४ः२५–४ः३५ बजे — ढक्का बजार

रास्वपाले विजय उत्सवको सट्टा मतदाताप्रति आभार प्रकट गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ। धन्यवाद सभामार्फत निर्वाचित सांसद धामीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आभार व्यक्त गर्ने कार्यक्रम रहेको क्षेत्रीय समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित