कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट जनक सिंह धामी निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनकसिंह धामीले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन सम्पन्न भएको एक सातामै बुधबार नवनिर्वाचित सांसद धामी स्वयं उपस्थित भई निर्वाचन अधिकारी हरिश चन्द्र जोशीलाई आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन्।
धामीले निर्वाचन आयोगले तोकेको सीमा भन्दा कम खर्च गर्दै जम्मा २१ लाख ५५ हजार ६६५ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारीका अनुसार क्षेत्र नम्बर १ का उम्मेदवारमध्ये निर्वाचित सांसद धामीसहित लोकराज भट्ट, वचन बहादुर सिंह,धर्मानन्द जोशी र पार्वती रानाले समेत आफ्नो चुनावी खर्च विवरण बुझाइसकेका छन्।























Discussion about this post