अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कञ्चनपुरको संयोजकमा बेलडाँडीका रानाक्षेत्री चयन

बेलडाँडी,
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कञ्चनपुरको संयोजकमा बेलडाँडीका नरेन्द्र राना क्षेत्री चयन भएका छन् ।

हिजो बुधवार बेलौरीको भकुण्डा बसेको विप्लब निकट किसान संघ अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कञ्चनपुरको भेलाले राना क्षेत्रीलाई चयन गरेको हो । क्षेत्रीको संयोजककत्वमा १७ सदस्यीय कमिटि चयन भएको संयोजक क्षेत्रीले बताउनु भयो ।

उहाँका अनुसार किसानहरु समस्याको पहिचान गर्दै किसानहरुले लगाएको बालीनालीको उचित मुल्याङ्कन गरी बजार व्यवस्थापनमा यो समितिले जोड दिने बताए । किसनाले कहिले पनि समयमा समय अनुसारको बालीनालीको बजार नपाउने सस्तो भाउमा मेहिनेत गरी लगाएको बाली बेच्नुपर्ने बाध्यतालाई न्युनिकरण गर्नका लागि यो समितिले काम गर्ने बताउनु भयो ।

बिप्लब माओवादीका नेता तथा संविधान सभा सदस्य पुरन रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला भरका किसान अगुवा कार्यकर्ताको भेला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित