पोखरी कटेजमा भोली होली बिशेष बृहत कार्यक्रम हुने, भारतिय कलाकार रिङकु, बन्टी समेत आउने

65
VIEWS

बेदकोट,

बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा भोली सोमवार होली बिशेष बृहत कार्यक्रम हुने भएको छ ।

कटेज संचालक रामदास रानाका अनुसार आफनो कला संस्कृतीलाई जर्गेना गर्नुका साथै संस्कृतिलाई आधुनिक तवरले समेत मनाउने प्रयास समेत गर्न लागेको बताए । यस होली बिशेष कार्यक्रममा राष्ट्रिय तथा भारतबाट पनि कलाकारहरु आउने बताउदै नयाँ तरिकारले समेत मनोरञ्जन गर्न सकिने वहाँले बताउनु भयो ।

पछिल्लो समय होली पर्वमा छाडा, विकृति फैलिन थालेको प्रति चिन्ता गर्दै आफुहरुले बिशुद्ध रुपमा फागु पूर्णिमा अर्थात रंगहरुको होली खेल्ने व्यवस्था मिलाउने उनले बताए । साथै उक्त कार्यक्रममा बिभिन्न खेल कार्यक्रम लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत गरिने भएका छन् ।

कार्यक्रममा चर्चित देउडा गायक चक्र बम, भारतिय कलाकार गायिका रिङकु राना, बन्टी राना, विपुल क्षेत्री, हास्य कलाकार अमुत नाथ लगायत स्थानिय लोक संस्कृती झल्कने थारु राना नृत्यको समेत बेजोड प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

कञ्चनपुरमा पछिल्लो समय मनोरञ्जका रुपमा पोखरी कटेज सबैको केन्द्रबिन्दु बन्दै गइरहेको छ । यहाँ टिकटक बनाउने तथा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्नको लागि घुईचो लाग्ने गरेको छ । दैनिक ४ सय दखी ५ सय जनाले उक्त कटेजमा घुम्न तथा अवलोकन गर्न आउने गरेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार