बेलडाँडी दैजी सडकखण्डमा दुर्घटना, ठेकेदारको लापरबाहीले अकालमै बालकको ज्यान गयो

1.6k
VIEWS

बेलडाँडी,
कञ्चनपुरको हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी दैजी सडकखण्डमा सवारी दुर्घटना भएको छ ।

सोमबार दिउँसो बेलडाँडी–दैजी सडकखण्डमा सवारी दुर्घटना भएको हो । सवारी दुघटनामा परी एक नाबालकको मृत्यु भएको छ । भने दुई जना घाईते भएका छन ।

मोटरसाईकल दुर्घटना भएर बेलडाँडी गाँउपालिका ४ बैवाहका ८ बर्षिया बालक ईस्बन्द (ठकुरी)को मृत्यु भएको छ । बालकको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

घाईते भएका मोटरसाईकल चालक टेकराज भट्ट र मोटरसाईकलमा सवार अर्चना जोशीको उपचारका लागि महाकाली अस्पतालले सेती प्रादेशिक अस्पताल रिर्फर गरेको छ ।

घाईते भट्ट मोटरसाईकल चालक महेन्द्रनगरका स्थानीय हुन । उनी बेलडाँडी स्थित रौलेश्वर उच्च माविका शिक्षक हुन । विद्यालयदेखि घर फर्किने क्रममा सहकर्मी शिक्षकद्वय प्रयागराज जोशीकी छोरी अर्चना जोशी र अर्का शिक्षक अमर बहादुर शाहीका छोरा ईस्बन्द (ठकुरी)लाई ल्याएर महेन्द्रनगर आउने क्रममा सडकबाट मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

बेलडाँडीकै स्थानीय शिक्षक अमर बहादुर शाही छोरा ईस्बन्द शाही(ठकुरी)लाई ल्याएर महेन्द्रनगर आईरहेका थिए, शाहीको मोटरसाईकल पन्चर भएर उनले पनि भट्टलाई नै छोरा बजारसम्म लैजान आग्रह गरेका थिए । मोटरसाईकल दुर्घटनामा शाही परिवारले एक कोपिला गुमाएका छन । भने जोशी र भट्ट परिवारका आफन्त गम्भिर घाईते भएका छन ।

हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडीदेखि दैजीसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज(जंगल) क्षेत्र झण्डै १५ किलोमिटर पर्छ । सात बर्ष अघि उक्त सडक निर्माणको जिम्मा पाएका राजेन्द्र निर्माण सेवाले जंगलको आधा मात्रै सडक निर्माण गरेको छ ।

निर्माण भएको कालोपत्रे समेत भत्किदैछ । सडक छेउछाउ ढुङगै ढुङगा छन । सडकको बेहाल हुँदा सवारी साधन अनियन्त्रित भई सवारी दुर्घटना भईरहेको छ । स्थानीयले पटक पटक सडक सुधारका लागि माग गर्दा समेत निर्माण कम्पनीको लार्पबाहीले बनेको सडक समेत बिग्रीदै छ ।

एकातिर यात्रुलाई कष्टकर यात्रा गर्नुपर्ने अर्कातिर ज्यान गुमाउनुपर्ने बाध्यता छ । हिउँदमा धुलाम्मे बर्षा हुँदा हिलाम्मे हुँदा सडक झनझन ज्यानमारा बनिरहेको छ ।
]

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार