महाकाली अस्पतालमा डाईलासिस सेवा शुरु

48
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले डाईलासिस सेवा शुरु गरेको छ ।

शुक्रबारदेखि अस्पतालले डाईलासिस सेवा शुरु गरेको हो । अस्पताल स्थापनाको ६ दशकपछि मृगौलाका बिरामीको उपचारका लागि डाईलासिस सेवा सचालन गरेको छ । अहिले परीक्षण सेवा शुरु गरिएको छ ।

महाकाली अस्पतालका निमित्त मेसु डा.अर्जुन भट्टले अहिले ट्यालकै रुपमा सेवा शुरु भएको बताए । ‘हामीसंग पाँच मेसिन छन, ‘उनले भने, ‘मेसिन अनुरुप बेड राखेर सेवा संचालन गरिरहेका छौँ ।’

भीमदत्त नगरपालिका १० तिलकेनीका नन्दराज जोशीको उपचार भईरहेको छ । तीन बर्षदेखि मृगौला पीडित जोशीले अब घर आगँनकै अस्पतालमा उपचार सेवा शुरु भएपछि खुसी व्यक्त गरेका छन ।

‘पहिलो धनगढी सेती अस्पतलमा उपचार गर्न जान्थे, ‘उनले भने, ‘आजदेखि मैले यही सेवा पाएको छुँ, खुसी लाग्यो ।’ डाईलासिस सेवा शुरुवात गरेकै दिन स्वास्थ्य मन्त्रालयका बरिष्ठ नेफ्रोलोजिष्ठ डा. जुजुराज श्रेष्ठ, स्वास्थ्य सेवा विभाग नर्सिङ्ग महाशाखाका डा. खगेश्वर गेलाल सहितले सेवाको निरीक्षण गरेका छन ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डाईलासिस सेवा विस्तार गरिने बताए । अध्यक्ष भट्टका अनुसार हाललाई ५बाट बृद्धि गरेर १० बेड बनाउने लक्ष्य रहेको छ ।

‘अहिले दिउँसो मात्रै २ सिप्टमा चलाउने योजना छ, ‘उनले भने, ‘विस्तारै डे नाईट चलाउँछौँ ।’ डाईलासिस कक्षमा नर्सिङ्ग अधिकृत राजेश्वरी समाल(बडाल)ले जिम्मेबारी पाएका छन । महाकाली अस्पतालमा डाईसिस सेवा संचालन भएसंगै स्थानीय समेत हर्षित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार