बेलौरी;
कञ्चनपुर यो बाघको तस्बिर बेलौरी नगरपालिका–८ पचुईँस्थित खप्टि नालाको हो। तस्बिरमा देखाइएको बाघले आज बिहान यहीँ नाला क्षेत्रमा घाँस काटिरहेकी अन्ताजी ४२ र्बषीय महिलालाई झम्टिएर लगेको थियो।
यहाँ देखाइएको तस्बिरलाई ड्रोन क्यामेराले आज दिउँसो कैद गरेको तस्बिर हो। तस्बिरमा बाघ झाडीमा लमतन्न परेको देखिन्छ। झट्ट हेर्दा वयस्क पाटे बाघ जस्तो देखिन्छ। यो बाघले बेलौरीबासीलाई त्रास, तनाव संगै नीकै पीडा पनि दियो।
त्यहीँ बाघलाई नियन्त्रणमा लीनकालागी बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली यतीबेलाबेलौरी नगरपालिका–८ पचुईँस्थित खप्टि नाला घटनास्थल मा पुगेको छ। बर्दियाबाट बाघ बिज्ञ डा। दिनेश देवकोटाको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली घटनास्थल पुगेको हो।
यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पनि आभास श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय टोली घटनास्थल पुगेको हो। बर्दिया र शुक्लाफाँटाको टोलीले बाघको अवस्था हेरेर नियन्त्रण लिने तयारी गरेका छन्।
बाघलाई डार्ट गरेर लठ्याएर नियन्त्रणमा लिने गरिन्छ। शुक्रबार बिहान बेलौरी नगरपालिका–८ पचुईँमा घाँस काट्न गएकी सोही ठाउँकी गंगा चन्दलाई बाघले आक्रमण गरेको थियो। उनको अवस्था अझै अज्ञात छ।
आक्रमण पछि पनी बाघ सोही क्षेत्रमा छ। दिउँसो ड्रोन क्यामेराले बाघ सोही क्षेत्रमा देखाएको थियो।
Discussion about this post