धनबहादुर बिक/पुनर्वास
पुनर्वासमा रहेको त्रिभुवनबस्ति खानेपानी तथा सरसफाइ संस्था को अवस्था अस्तव्यस्त भएपनि सेवाप्रदायक तथा सञ्चालक समितिले सक्रियता दिएको छैन ।
२०५६ सालमा सञ्चालनमा आएको त्रिभुवनबस्ति खानेपानी संस्थामा करिब पाँच बर्षदेखी खानेपानी सेवामा अनियमितता हुनथालेपछि सेवाग्राहीहरू प्रायः घटनेक्रम जारि रहेको छ । यद्यपि खानेपानी सेवामा सुधार ल्याउने तर्फ सञ्चालक समितिले कुनै पहल चालेको छैन ।
स्थापनाकालमा बिहान दिउँसो र साँझ गरि दैनिक ३ समय वितरण गर्दै आएको खानेपानी सेवा विगत पाँच बर्ष यता एकपटकका लागि मात्रै वितरण गर्ने गरिएको छ । २ लाख २५ हजार लिटर क्षमताको खानेपानी सेवाबाट करिब ७०० घरधुरी लाई मनग्य खानेपानी वितरण गर्न सकिने भएपनि २४३ घरधुरीमा खानेपानी जडान गरि वितरण गरिदै आएकोमा खानेपानी सेवा गुणस्तरीय नभएकोले हाल ४० घरधुरी उपभोक्ताले मात्रै सो सेवा लिंदै आईरहेको कार्यालय सचिव बिक्रम बराल बताउँछन ।
दैनिक एकपटक वितरण गर्ने गरिएको खानेपानी सेवामा पनि बर्षमा चार पाँच महिनामात्र वितरण गरिन्छ उपभोक्ता हरू बताउँछन् । नियमित पानी आउन छाडेपछि धेरै जसो ले खानेपानी सेवा बन्द गरि बिधुत्तिय मोटर जडान गरि खानेपानीको आपूर्ति गर्दै आईरहेका छन ।
लामोसमय बिधुत्त महसुल बुझाईएको छैन , करिब दुई लाख बढी रकम बिधुत महसुुल तिर्नुपर्ने बाँकी रहेको बिधुुत महुुल काउन्टर पुनर्वास शाखाले जनाएको छ । टेलिफोन को बिल भुक्तानी नहुदा टेलिफोनको लाईन काटिएको छ ।
२०७६ माघ देखि खानेपानी कार्यालय का पाले धर्मराज गिरिले मासिक ६ हजारका दरले पाउनुपर्ने पारिश्रमिक पाएका छैनन भने खानेपानी कार्यालय का प्राविधिक तथा कार्यालय सचिव बिक्रम बरालले गत ३ बर्षदेखी पारिश्रमिक पाउन सकेका छैनन ।
लाखौं मुल्यको वैकल्पिक बिधुत्तिय सोलार बिग्रेको पाँच बर्ष वितिसक्दा मर्मतका लागि रकम अभावले त्यतिकै थन्किएको अवस्थामा छ ।
यद्यपि अस्तव्यस्त अवस्थामा रहेको खानेपानी सेवा सञ्चालन सुधार तर्फ भने उपभोक्ता समिति मौन देखिन्छ । खानेपानी सेवा प्रणाली चुस्तदुरूस्त बनाउन सञ्चालक समितिको बैठक बसि खानेपानी उपभोक्ता को भेला बोलाई नयाँ समित चयन गरिनुपर्ने समितका सदस्य राजकुमार रायमाझीले बताए ।
स्थापनाकालमा जिल्ला खानेपानी डिभिजन सहकारी संस्थाले खानेपानी संस्था उपभोक्तालाई हस्तान्तरण गर्दा पहिलो बर्ष दुई लाख , दोस्रो बर्ष एक लाख अनुदान रकम दिने शर्त गरेकोमा शर्त बमोजिमको एक रूपैया रकम पनि प्राप्त नभएको ले गर्दा खानेपानी सेवा सञ्चालनमा थप समस्या हुनगएको रायमाझी बताउँछन ।
उपभोक्ता भेला बोलाई नयाँ समित चयन गर्न मैले पटकपटक सुझाव दिए तर कुनै सुनवाइ नै गर्दैनन् समिति का कोषाध्यक्ष ईन्दु कडारीया बिष्टले गुनासो व्यक्त गरिन ।
खानेपानी सेवा स्थापनाकालदेखि हालसम्म पुरानै समिति बहालमा रहेको छ भने नयाँ समित बनाउनेतर्फ कुनै महत्त्व दिईएको छैन सञ्चालक समिति सदस्य ठाकुर बरालले बताए ।
त्रिभुवनबस्ति खानेपानी संस्था लाई संघमा हस्तान्तरण गरिने र संस्थानले जिम्मा लिईसके पश्च्यात सबै समस्या हल हुने एंब उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाउने पुर्व खानेपानी मन्त्री विना मगरको कार्यकालमा व्यापक चर्चा उठेपनि कार्यनयन हुन सकेन ।
वडा नम्बर ६ मा रहेको त्रिभुवनबस्ति खानेपानी सेवालाई प्रभावकारी बनाउन वडाबाट समेत पहल गरिएको वडा अध्यक्ष मित्र सिंह लामाले बताएका छन ।
गत २३ बर्षदेखि उपभोक्ता समितिको अध्यक्ष मा रहेका तथा पुनर्वास नगरपालिका का पुर्व मेयर जिवनराज थापाले ३ बर्ष अघि संस्थानलाई हस्तान्तरण गरि सकिएको भनेपनि पुर्व खानेपानी केन्द्रीय संघ अध्यक्ष ज्यु लाल चौधरीले भने हस्तान्तरण नगरिएको बताएका छन ।
पुनर्वासको खानेपानी सेवा सञ्चालनमा सुधार ल्याउन मेरो कार्यालय मै संघमा डेलिगेशन जानुपर्ने मैले पटकपटक सुझाव दिए तर त्रिभुवनबस्ति खानेपानी उपभोक्ता समितिले कुनै वास्ता नगरेको संघका पुर्व अध्यक्ष चौधरीले बताए ।
खानेपानी सेवा प्रभावकारी का लागि पहलकदमि गरेको पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले बताएका छन , सम्बन्धित प्रदेश मन्त्रालय र केन्द्र मा कुरा गरेको छु छिटै सुधार हुन्छ नगर प्रमुख शर्माले बताए ।
खानेपानी सञ्चालनमा देखिएको सम्पुर्ण समस्या समाधान गर्न एबं नयाँ समिति चयन का निमित्त आगामि बैसाख २५ गतेभित्र उपभोक्ता भेला बोलाउने उपभोक्ता समिति अध्यक्ष जिवनराज थापाले प्रतिबद्धता गरेका छन ।
Discussion about this post