झलारी,
कृष्णपुर नगरपालिका वडा नं. ५ बाट बोका चोरी गरि फरार रहेका चोर झलारी प्रहरीको फन्दामा परेका छन् ।
गत शुक्रवार २२ गते कृष्णपुर नगरपालिका वडा नं. ५ बस्ने रामपती चौधरीको घरबाट बोका चोरीमा संलग्न रहेका दुई जनालाई प्रहरीले बोका सहित पक्राउ गरेको छ ।
कैलाली गोदावरी नगरपालिका वडा नं.१० मालाखेती बस्ने नविन ताम्राकार र हरिश चुनारालाई सनिवार पक्राउ गरि जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको झलारी प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा झलारी प्रहरी शान्ती सुरक्षा लगयात जनउत्तरदायी काममा निकै खटिएको देख्दा स्थानीय हर्षित भएका छन् ।
Discussion about this post