बेलडाँडीमा एक महिला सुतेकै अवस्थामा मृत फेला

2.4k
VIEWS

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छिन् ।

बेलडाँडी गाउँपालिका वडा नं.२ नवजागरण टोलीकी ३२ बर्षिया देवकी पाल बुढा हिजो दिउँसो ३ बजे आफ्नै घरको अगाडी बाख्रा खोर नजिक खटियामा सुतेकै अवस्थामा मृत फेला परेको छिमेकी मथुरा औजीले प्रहरीलाई खवर गरेको बेलडाँडी प्रहरीले जनाएको छ ।

 

मृतकको शव हिजो बेलुका नै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु प्रकरण अनुसन्धान भइरहेको र मृत्यु कसरी भएको हो भन्ने पोस्टमार्टम रिर्पोटबाट थप थाँहा हुने जनाइएको छ ।

मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारत गएका थिए । उहाँका २ छोरा र सासु आमा घरमा बस्दै आएका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार