सीमावर्ती क्षेत्रमा रोकिएन कुखुरा तस्करी, स्थानीयन कुखुरा पालक किसान मारमा

बेलडाँडी,
भारतबाट आयातमा रोक लगाए पनि कञ्चनपुरको सीमा क्षेत्रमा कुखुराको अवैध कारोबार बढेको छ । भारत बाट हुने अवैध कारोवारले नेपाली कुखुरा पालक किसान मारमा परेका छन् ।

 

सीमावर्ती नाकामा सम्वन्धित पक्षको निगरानी नपुग्दा अवैध रुपमा नेपाली बजारमा भारतीय कुखुराको मासु बिक्री वितरण बढेको हो । कुखुरा संगै अवैधन मानव स्वास्थ्यलाई खतरा पुर्याउने माछा समेत तस्करी भइरहेको छ ।

 

नेपालमा जिउँदो कुखुराको मूल्य प्रति केजी दुई सय ४० देखि ६० रुपैयाँको हाराहारीमा छ । भारतमा अहिले प्रति केजी भारतीय ९० रुपैयाँ पर्छ । किलोमा एक सय रुपैयाँ अन्तर भएपछि कुखुरा तस्करी बढेको छ ।

 

सीमा निगरानीका लागि सशस्त्र प्रहरी पहिलो बारका रुपमा नाकामा तैनाथ छ । ठाउँ ठाउँमा जनपथ प्रहरीको पनि उपस्थिति छ । तर, सुरक्षा बार तोडेर नाकामा सहजै तस्करी भइरहको छ । सीमा नजिकै रहेका कुखुरा पालक किसानको अभिलेख कसैले राखेको छैन । न त खोलिएका फार्म र मासु पसलहरु दर्ता नै छन् । त्यस्ता व्यापारीले किसानका नाममा भारतीय कुखुरा तस्करी गर्ने गरेको तथ्य फेला पर्दा समेत सम्वन्धित निकाय मौन देखिन्छन् ।

 

बोइलर कुखुरामा सरकारले कुनै अनुदान दिँदैन । दाना, ब्रिड र बैँक कर्जा महंगो छ जसले गर्दा किसानको उत्पादन लागत बढिरहेको छ । अवैध आयात बढेपछि मारमा परेका सीमावर्ती क्षेत्रका कुखुरापालक किसान अहिले तस्करी रोक्न आफैँ सक्रिय भएका छन् । तर पुर्ण रुपले तस्करी रोक्न सकिएको छैन् ।

 

कञ्चनपुरको बेलौरी, पुनर्वास, बेलडाँडी, झिलमिलाका नाकाबाट खुल्याम अवैध मानव स्वास्थ्यलाई घात हुने कुखुरा तस्करी हुदा समेत सम्वन्धित मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित