केशव थापा/बेलडाँडी
बेलडाँडी गाउँपालिका वडा न.०१ सिद्ध चोक नजिक बेलौरी बेलडाँडी सडक खण्डमा बेलौरीबाट बेलडाँडी तर्फ आइरहेको सु.प.प्र.०१००१च२७६१ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्रुलाई ठक्कर दिएको छ ।
शनिबार बेलौरी न.पा.०९ रतनपुर बस्ने साईकल यात्री बर्ष ३०को सुनिल चौधरी र ऐ ऐबस्ने बर्ष १९ को पवन चौधरीलाई पछाडीबाट ठक्कर दिदा घाईते भएका छन् ।
उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडी ल्याई थप उपचारको लागि धनगढी पठाईएको थियो । सुनिल चौधरीको टाउकोमा चोट र पवन चौधरीको बाँया हात र खुट्टामा चोट रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ।
ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।
Discussion about this post