बेदकोटमा मनाईदै ५० औं विश्ववातावरण दिवस

प्रकाश भट्ट/कञ्चनपुर-

कञ्चनपुरको वेदकोट नगरपालिकामा ५० औं विश्ववातावरण दिवस मनाईन थालेको छ ।

 

बेदकोट वडा नम्बर ९ स्थित श्री उदयदेव माध्यमिक विद्यालयले ‘प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौैं वातावरण मैत्री विकल्पको उपभोग गरौं’ भन्ने मूलनाराका साथ विद्यालयमा ५० औं विश्व वातावरण दिवस मनाएको छ ।

 

विद्यालयले गाँउमा जनचेतना मुलक प्रभात फेरी तथा विद्यालयमा सरसफाई गरी ५० औं विश्व वातावरण दिवस मनाइएको विध्यालयका प्रधनाध्यापक महेश्वर दत्त भट्टले वताउनु भयो ।

विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनितिक र समाजिक जागृति ल्याउने उद्देश्उले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । विश्व वातावरण दिवस हरेक जुन ५ तारिखका दिन मनाइदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित