बेलडाँडी,
जिल्लाको बेलडाँडी गाउँपालिका स्थित कञ्चन सामुदायिक विकास केन्द्रसंग आवद्ध मिलिजुली वडा समन्वय समितिले आफ्नो छटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
आज शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै समितिले भब्यताका साथ वार्षिक साधारण सभा सम्पन्न गरेको कञ्चन सामुदायिक विकास केन्द्रले जनाएको छ ।
कञ्चन सामुदायिक विकास केन्द्रकी कार्यक्रम व्यवस्थापक गिता राना क्षेत्रीका अनुसार बेलडाँडी वडा न. ५ मा रहेका ९ वटा सिमान्तकृत समुहले संयुक्त रुपमा साधारण सभा मनाएको बताईन । समुदायमा मेलमिलाप एकताले गरेका क्रियाकलाप सुन्न पाउने र सिकाई आदानप्रदान हुने हुदा सयुक्त रुपमा साधारण सभा गरेको जनाए ।
समितिकी संयोजक सुनिता बुढाको सभापतित्वमा शुरु भएको कार्यक्रमको प्रमुख अतिथि बेलडाँडी गाउँपालिका उप प्रमुख शान्ती नाथ रहेकी थिइन । नाथका अनुसार सामुदायिक संस्थाले गरेको कार्य अति राम्रो भएको बताउदै यी समुह र केन्द्रका लागि पालिका मार्फत समेत बजेट छुट्याउने बचन दिनु भयो । उहाँका अनुसार यस वडाका महिलाहरुलाई बाख्रापालन, चटाई बुनाई कार्यक्रमको व्यवस्था समेत आसवासन दिनु भयो ।
यस्तै कार्यक्रमा विशिष्ट अतिथि वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले सिमसार क्षेत्रको समस्यालाई समाधान गर्ने, कञ्चन सामुदायिक विकास केन्द्रसँग रहेका सामुदायिक समुहधुलाई सिपमुलक तालिमको लागी बजेट छुट्याउने, चुनावको बेलामा जनता सामु गरेका वाचा पूरागर्ने, चौधरा नदीको व्यवस्थापना गर्ने लगायतका एजेण्डालाई अहिले प्राथामिकता दिने बताउनु भयो ।
कार्यक्रमलाई भब्य बनाउन सास्कृतिक कार्यक्रम, झाकी र नृत्य समेत प्रस्तुत गर्दै समुदायमा आधारित समुहहरुले मौलिक खानेकुराका परिवारले अतिथिहरुलाई स्वागत गरेका थिए ।
स्थानीय श्रोत साधनको प्रयोग गर्दै आएका सिमान्तकृत समुदायका नागरिकहरुले आत्मनिर्भरताका कार्यक्रम दिन पालिका र वडालाई माग समेत गरेका थिए ।
Discussion about this post