सीमावर्ती क्षेत्रमा अनाधिकृत नापजाँच गरिरहेका पाँच भारतीय पक्राउ

कञ्चनपुर,
नेपाल भारत सीमावर्ती क्षेत्रमा अनाधिकृत रुपमा नापजाँच गरिरहेका पाँच जना भारतीय पक्राउ गरेका छन ।

शुक्रबार दिउँसो कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेला(गड्डाचौकी) क्षेत्रमा जमिन नापजाँच गरिरहेका पाँच भारतीय पक्राउ परेका हुन ।
आफुलाई भारतीय नापी विभागका कर्मचारी बनाउने शंस्कापद पाँच जनालाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएका थिए । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले जिपमा आएर सीमा क्षेत्रमा अनाधिकृत रुपमा नापजाँच गरिरहेका पाँचै जनालाई नियन्त्रणमा लिईएको बताए ।

उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याईएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले उक्त विषयमा आवश्यक छानबिन भईरहेको बताए ।
‘नापजाँच गरिरहेका ती भारतीयलाई जिप्रका ल्याएर आवश्यक बुझ्ने काम भईरहेको छ, ‘प्रजिज आर्यालले भने, ‘यस बारेमा हामी थप विस्तृत बुझिरहेका छौँ ।’ उनीहरु को हुन ? किन आएको के उदेश्य बारे भन्दै प्रहरीले छानबिन गरिरहेको छ ।

जमिन नापजाँचका समाग्री सहित ल्याएर आएका ति भारतीय शंकास्पद व्यक्तिमाथि छानबिन गरेर कार्बाही गर्नुपर्ने स्थानीय राजनीतिक दलले माग अघि सारेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी सुप प्रदेशका इन्चार्ज ज्ञानेन्द्र सिह महताले अनाधिकृत रुपमा नेपाली भूमि लक्षित गरेर नापजाँच गर्ने माथि छानबिन गरेर कार्बाहीको माग गरेका छन ।
नेपाली भूमिमा नापजाँच गर्ने उक्त सरकारी वा गैर सरकारी जो कोही भएपनि कानुनी दायरमा ल्याउनुपर्ने माग अघि सारेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित