सार्कले विज्ञान, प्रविधी र व्यवस्थापनका आफ्नै प्रयोगशाला बनायो

कञ्चनपुर,
कञ्चनपुर महेन्द्रनगरको सार्क एजुकेशन फाउण्डेशनले पार्क विद्यालयले आफ्नै विज्ञान, प्रविधी तथा व्यवस्थापन प्रयोगशाला बनाएको छ ।

भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा सार्कको साविक प्लसटुले आफ्नै विज्ञान, प्रविधी तथा व्यवस्थापन प्रयोगशाला बनाएको हो ।

मंगलबार सार्कले पत्रकार सम्मेलन गर्देै विद्यालयले विज्ञान, प्रविधी तथा व्यवस्थापन संकायको ल्याब संचालनमा ल्याएको जनाएको छ । सार्क एजुकेशन फाउण्डेशन प्लटु संयोजक राजेश भण्डारीले आफ्नो सृजनात्मक शैक्षिक कृयाकलापका लागि आधुनिक ल्याब संचालनमा ल्याएको बताए ।

सार्क एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले आफ्नै मौलिकतामा उत्पादित सेवा प्रर्बद्धन र विद्यार्थीमा सृजनात्मक क्षमताको विकास गराउन ल्याब संचालनमा ल्याएर आधुनिक प्रविधिसग अघि बढेको बताए ।

विद्यार्थीलाई अभ्यास गर्न सहजता हुने उनले बताए । विज्ञ सहित नयाँ नयाँ प्रविधी ल्याएर विद्यार्थीको थप क्षमता विस्तार गर्दै अघि बढ्ने बताए । सार्कले बेलाबेलामा विभिन्न सृजनात्मक सेमिनार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित