कौसिबारीका अभियन्ता पत्रकार धामीद्वारा किसानलाई शित्तलचिनी बिउ वितरण

31
VIEWS

कञ्चनपुर,
कञ्चनपुरका पत्रकार एव कौसिबारीका अभियन्ता धनसिह धामीले किसानलाई शितलचिनिको बिउँ वितरण गरेका छन ।

शुक्रबार धान दिवस तथा रोपाई महोत्सव कार्यक्रमको अवसरमा कौसिबारी प्रोत्साहन अभियानका कृषक धामीले भीमदत्त नगरका किसानलाई शितलचिनिको बिउँ वितरण गरेका हुन ।

मझगाँउमा २० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कार्यक्रम २०८० को अवसरमा धामीले भीमदत्तका वडा सदस्य हरि भट्टलाई बिउँ हस्तान्तरण गरेका हुन ।
कृषि क्षेत्रमा सानै कौसिबारीबाट भए पनि कृषि क्रान्तिमा युवाहरुको भुमिका हुनुपर्छ भन्ने हेतुले युवाहरुलाई प्रेरित गर्दै कृषक प्रोत्साहन अभियानमा लामो समय देखि लागेका धामी आफ्नो बारीमा लगाएका बिभिन्न तरकारी, फलफुलका बिरुवा निशुल्क रुपमा दिदै आईरहेका छन ।

भिमदत्त वडा न। ४ का वासिन्दा धामीले भीमदत्तनगर पुरानो बसपार्कबाट उक्त बिउँ बितरण कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन । उहाँले कृषिमा आत्मनिर्भर बन्न सके भारतबाट आयात हुने बिषादी तरकारी तथा फलफुल रोक अभियान सफल हुनेछ भन्ने अभिप्रायले उक्त अभियानको शुरुवात गरेको बताउछन ।

कृषक धामीले आउदा दिनमा नि आफ्नो अभियानलाई निरन्तरता दिदै ड्रागनफल,शितलचिनि लगायत बिभिन्न किसिमका बोट बिरुवा निशुल्क वितरण गर्ने बताएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार