वन र बन्यजन्तु बिरुद्धमा हुने गतिबिधी रोक्न संयुक्त पहल गर्ने प्रतिबद्धता

34
VIEWS

कञ्चनपुर,
नेपाल र भारतका वन अधिकारी, संरक्षणकर्मी, सुरक्षाकर्मीले सीमा क्षेत्रका रहेका वन र बन्यजन्तु बिरुद्धमा हुने गैर कानुनी गतिबिधी न्यूनिकरण गर्न संयुक्त प्रयास आवश्यक रहेको औल्याएका छन ।

शुक्रबार महेन्द्रनगरमा डिभिजन वन कार्यालय कञ्चनपुरले आयोजना गरेको स्थानीय मुद्दा र वन, बन्यजन्तु सरक्षण विषयक छलफल कार्यक्रममा दुवै देशका वन अधिकारी, संरक्षणकर्मी एव सुुरक्षाकर्मीले वन र वन्यजन्तु बिरुद्धमा हुने अपराध न्यूनिकरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

वन अधिकारी, संरक्षणकर्मी एव सुरक्षाकर्मीले सीमा क्षेत्रमा रहेको वन, बन्यजन्तुको सरक्षणका लागि एक आपसमा समन्वय गरेर आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

वन र बन्यजन्तु तस्कर समुहले नेपाल भारत दुवैतर्फ संरक्षणमा चुनौती थपिदिएपछि त्यसको निराकरणका लागि आ–आफ्नो ठाँउबाट सबैले पहल गर्नुपर्नेमा जोडसमेत दिएका छन । काठ, बन्यजन्तु र जटिबुटी तस्करले नेपाल भारत सीमावर्ती क्षेत्रका वन र बन्यजन्तु सरक्षणमा चुनौती थपिदिएको भन्दै सरक्षण अपरिहार्य रहेको औल्याएका छन ।

मुलुक संघीयतामा गएसंगै तत्तकालिन जिल्ला वन कार्यालय अहिले डिभिजन वनमा परिणत भएको छ । उक्त डिभिजन वन प्रदेश सरकार मातहत रहेपछि पहिलो पटक डिभिजन वनले नेपाल भारतका वन अधिकारीविच सीमा क्षेत्रको वन र बन्यजन्तु सरक्षणका लागि संयुक्त छलफल आयोजना गरेको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रशाद तिवारीले जिल्ला भारतसंग जोडिएको बन अपराध न्यूनिकरणका साथै वन, बन्यजन्तुको संरक्षणका लागि संयुक्त प्रयास अपरिहार्य रहेको बताए ।

वच वन र बन्यजन्तु सरक्षणका साथै वन अपराध न्यूनिकरणका लागि संयुक्त प्रयास आवश्यक रहेको उनले बताए । उत्तराखण्ड हल्द्धानीकी उपवनअधिकारी ममता चन्दले वन र बन्यजन्तु सरक्षणका दुवै देशका वन अधिकारी, संरक्षणकर्मी एव सुरक्षाकर्मीविच आपसी समन्वय सुुचना आदान प्रदान आवश्यक रहेको बताईन ।

सीमा क्षेत्रमा वन अपराध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताईन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बन्यजन्तुका लागि कुनै सीमा नहुने भएकाले दुवै देशका सरक्षणकर्मीले संरक्षणमा गम्भिर हुनुपर्ने बताए ।

भारतीय वनजिव संस्थान देहरादुनका अधिकारी अजय चौहान समेत बन्यजन्तुको बासस्थान जहाँ सुरक्षित हुन्छ, त्यही जाने र उक्त बन्यजन्तुले गतिबिधी गर्दा चुनौतीमा पर्ने भएकाले सरक्षण आवश्यक रहेको बताए ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण कञ्चनपुरका प्रमुख एसपी प्रेम बहादुर रावलले सीमा क्षेत्रमा हुने वन र बन्यजन्तु अपराधका गतिबिधी पूर्ण निषेध पारिने बताए । चुरे संञ्जाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले नेपालबाट भारत जाने जटिबुटी रोक्नुपर्ने र त्यसका लागि भारतीय वन विभाग समेत सकृय आवश्यक रहेको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव विष्टले सीमा क्षेत्रमा हुने वन र बन्यजन्तु अपराध रोकथामका लागि अधिकारी, समुदायविच समन्वय सुचना आदान प्रदान आवश्यक रहेको बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले छलफलपछि दुवै देशका वन अधिकारीविच वन, बन्यजन्तुको सरक्षणका लागि आगामी दिनमा थप समन्वयकारी ढङगबाट अघि बढ्ने सहमती भएको छ ।

रेन्जर देवेन्द्र चन्दले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सहायक वन अधिकृत अमर सिह धामीले गरेका थिए । कार्यक्रममा नेपाल भारतका वन अधिकारी, संरक्षणकर्मी, सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार