एमाले निकट किसान महासंघले तिलकेनीमा मनायो धान दिवस

28
VIEWS

महेन्द्रनगर । नेकपा एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघ कञ्चनपुरले धान दिवस मनाएको छ ।

शुक्रवार महासंघको कञ्चनपुर जिल्ला कमिटीले भीमदत्त नगरपालिका–१० तिलकेनीमा रोपाइँ गरी धान दिवस मनाएको हो ।

महासंघका जिल्ला अध्यक्ष रामबहादुर बुढाको अध्यक्षतामा भएको धान रोपाइँ कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनि राना प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद नरबहादुर धामी विशिष्ट अतिथि थिए । कार्यक्रममा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्ट र उपसचिव कर्णबहादुर चन्द समेतले सहभागिता जनाएका थिए । रोपाइँमा किसान महासंघका नेता, कार्यकर्ताको सहभागिता थियो ।

एमाले नेताहरूले रोपाइँ खेतमै पुगेर धान रोपेर धान दिवस मनाएका छन् । धानको उत्पादन बढाउने उद्देश्यले सरकारी र गैरसरकारीस्तरबाट असार १५ गतेका दिन देशभर धान दिवस मनाइएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार