योग्यता कै कारण देउवा ५ पटक प्रधानमन्त्री बन्नुभएको हो मन्त्री साउद

3
VIEWS

परराष्ट्र मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवा योग्यताकै कारण ५ पटक मुलुकको प्रधानमन्त्री बनिसकेको बताएका हुन ।

कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतबार गरेको कार्यक्रममा बोल्दै मन्त्री साउदले भने, देउवा भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। चिठ्ठा परेर कोही ५ पटकसम्म प्रधानमन्त्री हुन्छ त शेरबहादुर देउवा योग्यताकै कारण प्रधानमन्त्री बन्नुभएको उनले बताएका छन ।

उनले कांग्रेसको नेतृत्वले सबै पार्टीलाई सँगसँगै लैजान सक्ने दाबीसमेत गरेका थिए। ‘कांग्रेस सबैभन्दा भरपर्दो पार्टी हो,’ उनले दाबी गरे, ‘देशभित्रका र अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौं।’

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार