तस्करका लाखौँका अवैध समान सशस्त्र प्रहरीको फन्दामा

कञ्चनपुर,
तस्कर समुहले भारतबाट भन्सार छलेर ल्याएका अवैध समान शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

असार दोस्रो साताको अवधिमा सशस्त्र प्रहरीले तस्कर समुहका लाखौँका अवैध समान नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरीका अनुसार विभिन्न बिओपी सहितका मातहतका निकायबाट खटिएको सशस्त्र प्हरीले टोलीले १० असार १६सम्म एक साताको अवधिमा १५ लाख भन्दा बढिका अवैध समान बरामद गरेर भन्सार चलान गरेको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट चोरी तस्करी गरेर नेपालमा भित्र्राईरहेका किराना समान, कपडा, हार्डवेयरदेखिका व्यवसायिक समान रहेका छन । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले मातहतका निकायलाई राजस्व छलीका कुनैपनि घटना सशस्त्र प्रहरीलाई सैय नहुने भन्दै नियन्त्रण गरेर कार्बाही गर्न निर्देशन दिदै आएका छन ।

सशस्त्र प्रहरीले स्वाभिमानका साथ भन्सार राजस्व तिरेर समान ल्याउन समेत व्यवसायीलाई आब्हान समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित