कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश राजधानी कैलालीको धनगढीमा लेन अनुशासन बारे ट्राफिक सचेतना गराईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शुक्रबार धनगढीमा लेन अनुशासन बारे ट्राफिक सचेतना गराईएको हो ।
लेन उलङघन गर्ने विभिन्न प्रकृतिका सवारी साधनका चालकलाई ट्राफिक सचेतना गराईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले लेन अनुशासन उलङघन गर्दा सवारी दुर्घटना भई मानिसको ज्यानमाथि खतरा उत्पन्न हुने भएकाले चालकलाई अब उपरान्त यस्तो गल्ती नगर्न सचेत गराएका छन ।
उनीहरुलाई कक्षा मार्फत सचेतना कार्यक्रम गराईएको छ । कैलाली ट्राफिकले हरेक शुक्रबार चालकलाई अभिमुखिकरण गराईदै आएको छ ।
हालसम्म १ हजार ३४५जना चालकलाई सचेत गराईएको छ । कैलाली ट्राफिकले सवारी दुर्घटना न्यूनिकरण गर्दै मानिसलाई अकालमै ज्यान गुमाउनबाट रोक्ने काम गरेसंगै चौतर्फि प्रसंसा भईरहेको छ ।
Discussion about this post