कञ्चनपुर प्रशासनद्वारा राहदानीका लागि भोलि आइतबार बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा प्रवाह गर्ने

56
VIEWS

कञ्चनपुर,
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले भोलि आईतबार देखि राहदानी बनाउनका लागि बिहान ८ बजेदेखी साझ ६ बजे सम्म सेवा दिने भएको छ ।

प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो कुरा उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा राहदानी सेवा लिन आउने सेवाग्राहीहरुको अत्याधिक भिडभाडलाई मध्यनजर गरी राहदानी सेवा छिटो छरितो एवम् प्रभावकारी रुपमा उपलब्ध गराउन मिति २०८०/०३/२४ गते देखि राहदानी सेवा सार्वजनिक विदाका दिन बाहेक देहाय बमोजिम प्रवाह हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
देहायः
१. प्रत्येक आइतबार देखि बिहिबार सम्मः विहान ८:०० बजे देखि बेलुकी ६:०० बजे सम्म । २. प्रत्येक शुक्रबार विहान ८:०० बजे देखि अपरान्ह ४:०० बजे सम्म ।
साथै राहदानीको लागि आवेदन फर्म (Online Form ) भर्न नजान्ने महानुभावहरुको लागि राहदानी शाखासँगैको झ्याल नम्बर १०१ (क) बाट निःशुल्क रुपमा online Pre-enrollment गरिदिने व्यवस्था मिलाइएको समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार