परिवार नियोजन संघ कञ्चनपुरको सभापतिमा लेखक

कञ्चनपुर,
नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखा समितिको अध्यक्षमा गजेन्द्र देव लेखक निर्वाचित भएका छन ।

लेखक नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखा समितिको अध्यक्षमा लेखक सहितका पदाधिकारी सदस्य निर्बिरोध चयन भएका हुन ।

परिवार नियोजन संघ शाखा कञ्चनपुरको नयाँ कार्य समितिका लागि २६ असारमा हुने निर्वाचनका लागि शनिबार मनोनयन दर्ता कार्यतालिका थियो । परिवार नियोजन संघ कञ्चनपुरको मनोनयन दर्तामै शाखा सभापति सहितका पदाधिकारी सदस्य निर्बिरोध चयन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोषाध्यक्ष गिरीराज शर्मा, महिला सदस्य देवकी पाण्डेय,सरस्वती दाहाल, विशेषज्ञ सदस्य त्रिपुरेश्वरी विष्ट(भट्ट), कुमारी ममिता अवस्थी, पुष्पराज पन्त, प्रेमराज अर्याल,आरती ओझा रहेका छन । नेपाल परिवार नियोजन संघ कञ्चनपुरको अध्यक्षमा निर्बिरोध चयन भएका गजेन्द्र देव लेखकले गाँउ गाँउमा परिवार नियोजनका सेवा विस्तार गर्दै स्वास्थ्य प्रर्बद्धनका कार्यक्रम संचालन गरिने बताए ।

यस अघि परिवार नियोजन संघमा संचालित योजना कार्यक्रम फेरीपनि निरन्तरता दिने बताउँदै अध्यक्ष लेखकले पालिका, प्रदेश र संघीय सरकारसंग समन्वय गरेर थप सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कञ्चनपुरका औषधी व्यवसायी एव समाजसेवी लेखक यस अघि संघमा दुई पटक सचिवको जिम्मेबारी निर्वाह गरेका थिए । अहिले नेतृत्वमै पुगेपछि जिल्लाभरीकै परिवार नियोजनका सेवा प्रभावकारी, गुणस्तरिय रुपमा अघि बढाउने योजना अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित