झर्नाखोलामा तटबन्ध

95
VIEWS

बेलडाँडी
कञ्चनपुरको झर्नाखोलामा तटबन्ध निर्माण गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९ भएर दक्षिण बग्ने झर्नाखोलामा तटबन्ध निर्माण गरिएको हो ।

बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालयले चालु आर्थिक बर्षको बजेटबाट झर्नाखोलामा तटबन्ध निर्माण गरेको छ । बेलडाँडी गाँउपालिका १का वडा सदस्य श्याम बहादुर रावलले सरस्वती माविको दक्षिण तर्फका फिल्डदेखि पश्चिम तर्फका स्थानीयको खेतीयोग्य जमिन संरक्षणका लागि तटबन्ध निर्माण गरिएको बताए ।

बेलडाँडी गाँउपालिका प्रवक्ता एव १का वडाध्यक्ष गज बहादुर विष्टले झर्नाखोलाको ठुलो समस्या भएपनि वडाको बजेट अनुरुप अति जोखिम क्षेत्रमा तारजाली हालिएको बताए । ‘यो झर्नाखोलाको मुहानदेखि नै कटानी पटानी समस्या छ, ‘वडाध्यक्ष विष्टले भने, ‘वडाको क्षमता अनुरुप अति जोखिम क्षेत्रमा हामीले तटबन्ध निर्माण गरेका छौँ ।’ तटबन्ध निर्माण गरिएसंगै जमिनधनीहरुले खेतयोग्य जमिन सुरक्षित हुने अपेक्षा गरेका छन ।

डेढ दशकदेखि बेलडाँडी र बेलौरीको उर्बराभूमि कटानी गर्दै खाएको झर्नाखोला नियन्त्रणका लागि हेड टु टेलसम्म बलियो तटबन्ध आवश्यक रहेको स्थानीयले बताएका छन ।

बेलडाँडीका स्थानीय अगुवा युवा एव झर्नाखोला पीडित लोक बहादुर साउदले किसानको खेतीयोग्य जमिन कटानी र पटानीबाट जोगाउनका लागि मुहानदेखि नै पुछारसम्म बलियो पक्की तटबन्ध आवश्यक रहेको बताए । बेलडाँडी स्थानीय सरकारले तटबन्धका लागि प्रदेश र संघीय सरकारसंग माग गरिएको जनाएको छ ।

संघीय र प्रदेश सरकारका जनप्रतिनिधी सरकारले खोलाको कटानी नियन्त्रण गरेर खेतीयोग्य जमिन एव जनताका घर, भौतिक संरचना बताउनुपर्ने माग अघि सारेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार