दोधाराचाँदनीमा सशस्त्र प्रहरी र स्थानीयविच लफडा खडक रावल

103
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको सीमावर्ती गाँउ दोधाराचाँदनीमा सशस्त्र प्रहरी र स्थानीयविच लफडा मच्चिएको छ ।

सोमबार दिउँसोदेखि दोधाराचाँदनीमा सशस्त्र प्रहरी र स्थानीयविच लफडा मच्चिएको हो । भारतबाट समान ल्याएर घर आएका दोधाराचाँदनी नगरपालिका २ चाँदनीका सुन्दर साउदलाई पक्राउ गर्नका लागि सशस्त्र प्रहरी घरमै पुगेर धरकपट गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी बिरुद्धमा आन्दोलन गरिरहेका छन ।

घरसायी प्रयोजनका लागि ल्याएको समानमा पिछा गरेर घरभित्रै पुगेर समान पक्राउदेखि मानिसमाथि धरकपट गर्न खोजेको भन्दै साउद घरपरिवार सहित स्थानीयले पक्राउ गर्न आएका सशस्त्र प्रहरीलाई धपाएका थिए । साउदले ल्याएको समान बरामद गर्न आएका सशस्त्र प्रहरीमाथि स्थानीय खटिएपछि उनीहरु मोटरसाईकल छाडेर भागेको स्थानीय बताउँछन ।


भारतबाट समान ल्याएका स्वयम सुन्दर साउदले सशस्त्र प्रहरीले हद नाघेर घरभित्रै पसेर ज्यादती गरेको आरोप लगाए । उनले भारतबाट सीमादेखि समान ल्याउन दिने अनि घरसम्म पुगेर घरबाटै समान बरामद गर्न खोजिएको भन्दै आक्र्रोस व्यक्त गरेका छन ।

स्थानीयले सशस्त्र प्रहरी बिरुद्धमा नाराबाजी गरिरहेका छन । विगतमा लाईन खाएर समान ल्याउन लिएर सशस्त्र प्रहरीले राजस्व चुहावट गर्न भूमिका निर्वाह गरेको भन्दै उनीहरुले आरोप लगाईएका थिए ।

विगतमा ठुला तस्कर एव भारतबाट समान ल्याउने व्यवसायीसंग गैर कानुनी रुपमा रकम अशुलेर समान ल्याउन दिने अहिले समात्ने भन्दै सशस्त्र प्रहरी बिरुद्धमा नाराबाजी गरेका छन ।

सशस्त्र प्रहरी बलले दोधाराचाँदनी सीमावर्ती क्षेत्रमा चोरी तस्करीदेखि लागु औषध नियन्त्रणका लागि अभियान संचालन गर्दै आएको र सशस्त्र प्रहरीले उक्त साउदले भारतबाट ल्याएको समान बरामद गर्नका लागि पछि जाँदै गर्दा एक मोडसम्म पुगेको र घर नगएको दावि गरेको छ ।

सीमावर्ती गाँउ दोधाराचाँदनी तस्करी हुने क्षेत्र हो । विगतमा सेटिङ्गमा तस्करी हुँदै आएका थियो । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट भन्सार नकाटेका समानमा कडाई गर्दै आएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार