बेलडाँडीमा कानकाटेर गहना लुटेको आरोपमा एकजाना लुटेरा गाउँलेको फन्दामा (भिडियो सहित)

1.4k
VIEWS

बेलडाँडी-बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिला बरमेली टोल नजिक एक जना महिलाकको कान च्यातेर गहाना र नगद पैसा लुटेको आरोपमा गाउँलेले एक जनालाई घेराहाली छोपेका छन् ।

 

हिजो राती करिब ८ बजेको समयमा बेलडाँडी गाउँपालिका वडा नं.३ कमरी बस्ने राम बहादुर राना अन्दाजी बर्ष ४५ कोले झिलमिला बरमेली टोल बस्ने मिना राना मगरको घरमा गई कानका गहाना र घर भित्रबाट ५० हजार चोरेको आरोपमा गाउँलेले धान खेतमा राती १० बजे तिर रानालाई समातेपछि प्रहरीलाई खवर गरेको बेलडाँडी ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

गाउँले र प्रहरीले धान खेतमा रानालाई समान्दा उनी संग न पैसा न गहाना भेटेका थिए । प्रहरीका अनुसार आरोपित रानाले हिड्नै नसक्ने गरी नशा सेवन गरेको अवस्थामा फेला पारेको बताए । घटना बारे थप अनुसन्धान भइरहेको बेलडाँडी इलाका प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नवराज पाण्डेयले जानकारी गराउनु भयो ।

कान च्यातिएकी महिलाको अहिले उपचार भइरहेको छ भने, आरोपी राना बेलडाँडी प्रहरीको नियन्त्रणमा छन् ।

भिडियो सहित

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार