नक्कली डाक्टरः बनेर मेडिकल क्षेत्रकी युवतीबाट १ करोड ठगी

काठमाडौं :

 

नक्कली डाक्टर र डीएसपी बनेर ठगी धन्दा चलाउँदै आएका युवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नक्कली डाक्टर र डीएसपी बनेर ठगी गर्ने कन्चनपुर घर भएका बलराम भनेर चिनिने २७ वर्षीय मातृका प्रसाद जैसीविरुद्ध ठगी मुद्दा दायर भएको छ ।विभिन्न युवायुवतीहरुबाट उनले एक करोड ७ लाख ३८ हजार रुपैयाँ ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ।

 

जैसीलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत असार ७ गते पक्राउ गरेको हुन ।उनले ललितपुरमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई नक्कली डाक्टर बनेर ठगी गरेका हुन । आफू वीर अस्पतालको १२ औं तहको डाक्टर भनेर बताउँदै एप्रोन लगाएर युवतीसँग भीडीयो कलमा कुराकानी गरेर विश्वास दिलाउने गरेका छन ।

 

‘तिमी एकदमै मन पर्‍यो। प्रेम गरौं। विवाह गरौं’ भन्दै ती युवतीलाई झुक्याएर नक्कली डाक्टर जैसीले प्रेम समेत गरेका थिए। उनीहरुबीच विवाह सम्म हुने समेत कुराकानी भइसकेको थियो। यसैबीच ती युवतीलाई नक्कली डाक्टरले कौशलटारस्थित आफ्नो कोठामा लैजाने पनि गरेका थिए।प्रेम सम्बन्धमा रहेको केही समयपछि आफूलाई केही रकम चाहिएको भन्दै पटक पटक गरेर ४० लाख रुपैयाँ ती युवतीबाट नक्कली डाक्टर जैसीले लिएका थिए।

 

उनले मिटरब्याजमा रकम लिएर व्यवसाय गरेकाले तिर्नुपर्‍यो भन्दै रकम मागेपछि बारम्मबार गरेर ती युवतीले जैसीलाई ४० लाख रुपैयाँ दिएकी हुन ।पैसा पाएपछि पनि उनीसँग फोटो भीडीयो खिच्ने, शारीरिक मानसिक यातना दिन थालेपछि जैसीको बारेमा सोधपुछ गर्दा उनी नक्कली डाक्टर भएको ती युवतीले थाहा पाएकी थिइन्। आफूले भनेको नमाने आत्महत्या गरी मरिदिन्छु भन्दै युवतीलाई ब्ल्याकमेलिङ समेत गर्न थालेपछि उनले प्रहरीमा जाहेरी दिएकी हुन ।

 

त्यसपछि नक्कली डाक्टर जैसी पक्राउ परेका थिए।जैसी पक्राउ परेको जानकारी पाएपछि उनीबाट ठगिएको भन्दै प्रहरीमा थप पीडित पुगेका थिए। ती युवतीलाई जैसीसँगै अर्का युवक जगदीश बमलाई समेत उनले यसैगरी ठगी गरेका थिए। बमलाई जैसीले आफू वीरको ११ औं तहको डाक्टर हु र नर्भिकसँगै अरु अस्पतालमा पनि गाइनोसम्बन्धी काम गर्छु भन्दै विश्वासमा दिलाउने गरेका थिय ।सानो उमेरमै मेहनत गरेकाले सहसचिव भएको र अब चाँडै नै स्वास्थ्य मन्त्रालयको सचिव हुन्छु समेत भनेर नक्कली परिचय दिएर विश्वासमा पार्ने काम गरेका थिए।

 

बंगलादेशबाट एमबीबीएस र एमडी गरेको गाइनो स्पेसलिष्ट भन्दै उनले ठगेको पाइएको छ। सापट भन्दै पटक पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेको पाइएको छ।अर्की एक युवती शान्ति श्रेष्ठलाई पनि जैसीले यसैगरी ठगी गरेको पाइएको छ। शान्तिलाई जैसीले आफू झापामा औषधि फ्याक्ट्री चलाउने व्यक्ति भएको र डाक्टर समेत भएको भन्दै नक्कली परिचय पत्र समेत देखाएर ठगी गरेको पाइएको छ। शान्तिबाट जैसीले ५७ लाख ७ हजार रुपैयाँ ठगी गरेका थिए। उक्त रकम जैसीले आफ्नोसँगै पुण्यप्रसाद जैसीको खातामा पनि हालिदिएका थिए।अनिल श्रेष्ठ नाम गरेका व्यक्तिलाई पनि जैसीले वीर अस्पतालको डाक्टर भन्दै ठक्दै गरेको पाइएको छ।

 

बेतलबी बिदामा बसेकाले तलब नआएको र स्वास्थ्य सामाग्री खरिद गर्न रकम चाहिने कुरा बताउदै आउने गरेका थिए। जैसीले आफू चित्रकला एक्सपोर्ट इम्पोर्ट कम्पनी प्रालिको सञ्चालक तथा शेयर धनी समेत भएकाले कम्पनी सञ्चालनका लागि कोठा चाहिने भन्दै अनिलसँग मासिक साढे ३१ हजार रुपौयँ दरले ४ वटा कोठा जैसीले भाडामा लिदैआयका थिए।तर दुई वर्षसम्म बस्दा समेत १ रुपैयाँ पनि कोठाभाडा नदिई ५ लाख ३५ हजार ५ सय रुपैयाँ बराबर ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले बताएका छन ।

 

अर्का हरिश बहादुर चन्द नाम गरेका व्यक्तिलाई नी जैसीले आफू वीर अस्पतालको १२ औं तहको डाक्टर भन्दै ठगी गरेको खुलेको छ। हरिशबाट २ लाख ५३ हजार ६ सय १५ रुपैयाँ ठगी गरेका थिए।अर्का अमरबहादुर बिष्टलाई भने उनले डीएसपी नक्कली डीएसपीको परिचय दिँदै ठगी गरेको पाईएको छ। प्रहरी हवल्दारबाट अवकाश लिई बसेका बिष्ट पठाओ राइडर बनेका थिए। पठाओ चलाउने क्रममा बिष्टले उनलाई कौशलटारबाट महाराजगञ्ज पुर्‍याएका थिए।

 

सोही क्रममा उनीहरुबीच चिनजान भएको थियो। त्यतिबेला बिष्टलाई जैसीले आफू नेपाल प्रहरी अस्पतालको डाक्टर प्रहरी निरीक्षक हु भनेका थिए।केही समयपछि जैसीले अमरलाई फोन गरी आफू डीएसपीमा बढुवा भएको जानकारी समेत गराएका थिए। पछि बैंकको किस्ता तिर्नका लागि २५ हजार ९३० रुपैयाँ चाहिने भन्दै खातामा हाल्न लगाएर ठगी गरेको खुलेको छ।

 

यसरी ठगी गरेको पैसाले उनले ४० लाख रुपैयाँ हालेर बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी किनेर समेत चढेर हिँड्थे।यसरी जैसीले ६ जनाबाट १ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको खलासा भएको छ। यो ठगी प्रकरणमा जैसीसँगै बिरबल तामाङ र पुण्यप्रसाद जैसी समेत संलग्नता भएको भन्दै उनीहरुलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा ९१० र उपदफा ९२० बमोजिमको कसुरमा मुद्दा दर्ता भएको छ।अहिले ठगी आरोपमा मुद्दा चलेका जैसी यसअघि भने दुई प्रेमिकालाई आत्महत्या गराएको आरोपमा ६ वर्ष जेल बसेका व्यक्ति भएको खुलेको छ।

 

यसअघि २०७० सालमा कैलालीको धनगढीमा कलेज पढ्दा जैसीसँग एकसाथ दुई प्रेमिका थिए। दुई जनासँगको प्रेमबारे एक–अर्का प्रेमिकाले थाहा पाएपछि विवादको चरम रुप लियो। त्यसपछि जैसीले आइडिया निकाले– ‘तीनै जना सँगै विष पिएर आम्हत्या गरौं।’उनले दुई जनै प्रेमिकालाई विष सेवन गराए। तर आफूले भने नक्कली विष पिए र बाँचे भने दुई प्रेमिकाको विष सेवनबाट मृत्यु भयो।

 

उक्त घटनामा जैसी ६ वर्ष जेल बसेर छुटेका व्यक्ति समेत भएको परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित