सार्वजनिक यातायात को भाडा घट्यो, सुदूरपश्चिममा कुन रुटको भाडा कति

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।
आइतबार रातिदेखि डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको हो ।सोहीअनुरूप विभागले यात्रुवाहक सवारीसाधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ। यस्तै मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव शून्य ९ प्रतिशतले भाडा घटेको छ।

 

६८८ किलोमिटर दुरी काठमाण्डौँ–धनगढीको भाडा एक हजार ८ सय ९९ रुपैयाँबाट घटेर एक हजार ८ सय ५९ रुपैयाँ कायम भयको छ। त्यस्तै काठमाण्डौ–सितागढी–साँफेबगर ८ सय ९९।६ किलोमिटरको भाडा दुई हजार ६९३ रुपैयाँबाट घटाएर दुई हजार ६३६ कायम गरिएको छ।काठमाण्डौँ–महेन्द्रनगर ६९५ किलोमिटरको भाडा एक हजार ९ सय १५ रुपैयाँबाट घटाएर एक हजार ८ सय ७४ रुपैयाँ कायम गरिएको छ। काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा ७७३ किलोमिटरको भाडा दुई हजार दुई सय ३८ रुपैयाँबाट घटाएर दुई हजार एक सय ९० रुपैयाँ, कायम गरीयको छ ।

 

काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा–बैतडी ८६४ किलोमिटरको भाडा दुई हजार पाँच सय ६४ बाट घटाएर दुई हजार पाँच सय १० रुपैयाँ, भयको छ भने धनगढी–जनकपुर ७६३ किलोमिटरको भाडा दुई हजार ४७ रुपैयाँबाट घटाएर दुई हजार चार रुपैयाँ कायम गरिएको छ।त्यस्तै धनगढी–नेपालगञ्ज १९९ किलोमिटरको भाडा ५६९ बाट घटाएर ५५७, धनगढी–विराटनगर ८२६ किलोमिटरको भाडा दुई हजार दुई सय १९ बाट घटाएर दुई हजार एक सय ७१ रुपैयाँ कायम गरिएको छ।

 

त्यस्तै धनगढी–स्याङजा–पोखरा ५८६ किलोमिटरको भाडा एक हजार ७ सय २३ रुपैयाँबाट घटाएर एक हजार ६ सय ८६ कायम गरिएकोछ।काठमाण्डौँ–अत्तरिया–चैनपुर ९४४ किलोमिटरको भाडा दुई हजार ९ सय ४३ रुपैयाँबाट घटायर दुई हजार ८ सय ८० रुपैयाँ कायम गरीयको छ।

भने तेस्तै काठमाण्डौँ–अत्तरिया–मार्तडी ९४४।६ किलोमिटरको भाडा दुई हजार ९ सय ५९ बाट घटाएर दुई हजार ८ सय ९६ रुपैयाँ कामय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित