अत्तरियामा बाघका छाला सहित २ जना पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट बाघका छाला सहित २ जना पक्राउ परेका छन ।

गोदावरी नगरपालिका – २ अत्तरिया स्थित रिङरोडबाट बाघको छालासहित बैतडी दोगडाकेदार गाउँपालिका – २ का ६५ बर्षीय देब सिंह बिष्ट र पाटन नगरपालिका – ८ का ३० बर्षीय हर्क बहादुर बिष्ट पक्राउ परेका हुन ।

उनीहरुको साथबाट पुच्छर सहित ६ फिट ११ इन्च लम्बाइ, २ फिट ४ ईन्च चौडाई र पुच्छर सहित ७ फिट ३ ईन्च लम्बाइ, २ फिट चौडाई भएको २ ओटा बाघको छाला बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट प्रहरी नायव निरिक्षक प्रकाश बहादुर कडायतको कमाण्डको टोली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकको प्रहरी टोलीले बिशेष सुराकीको आधरमा पक्राउ गरेको थियो ।

बरामद गरिएको छाला सहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित