जङ्गली च्याउ खाँदा बैतडीमा एकै घरका ५ जना बिरामी

33
VIEWS

बैतडी:

जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

 

बिरामी पर्नेमा सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उहाँकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र सात वर्षीया छोरी शारदा लगाएर एकै परीवारका ५ जना बिरामी भएका प्रहरीले जनाएको छ ।

स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी गराएका छन । उनीहरूलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरेर उपचार भईरहेको प्रहरीले बताएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार