कैलाली कारागारमा चाेरि मुद्दामा सजाय भाेगिरहेका एक कैदिकाे मृत्युु

कैलाली– चोरी मुद्दामा कैलाली कारागारमा सजाय काटिरहेका एक जनाको कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ।

२०७५ साल चैत १२ गतेदेखि चोरी मुद्दामा कैलाली कारागारमा सजाय काटिरहेका बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको आज बिहान ५ः३० बजे सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा मृत्यु भएको छ ।

जिल्ला कारागार कैलालीका प्रमुख पदम तिमिल्सेनाले कारागारमा आएको समयमै उनिफ क्षयरोगबाट ग्रसित थिय बिस्ट काेफ अवस्था जटिल भएपछि उपचारका लागि साउन ४ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरि उपचार भईरहेकाे थियाे ।

शुरुमा आईसियुमा राखिएका बिष्टको अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । बिष्टको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको छ ।

बिष्टलाई चोरीको एकल मुद्दामा जिल्ला अदालत बैतडीले तीन वर्ष र जिल्ला अदालत कञ्चनपुरले पाँच वर्षको सजाय सुनाएको थियो । सोही मुद्दामा बिष्ट सजाय काटिरहेका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित