पत्रकार केसीलाई सम्मान

65
VIEWS

कञ्चनपुर-पतंजली योग समिति कञ्चनपुरले पत्रकार भाष्कर केसीलाई सम्मान गरेको छ ।

पतंजली योग समिति कञ्चनपुरले पत्रकार केसीलाई नवौँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा सम्मान गरेको हो ।
सुदूर दर्पण दैनिकका सम्पादक केसीले जिल्लाको योग तथा आयुर्वेद क्षेत्रमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

मंगलबार एक कार्यक्रमका विच पत्रकार केसीलाई पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी सहितका योगगुरुहरुले प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ ।

झण्डै डेढ दशकदेखि संचार क्षेत्रमा काम गर्दै आएका पत्रकार केसी सुदूर दर्पण दैनिकको सम्पादक एव प्रेस सेन्टर नेपालका कञ्चनपुरका सचिव नेपाल पत्रकार महासंघ जिल्लाका निवर्तमान कावा कोषाध्यक्ष हुन ।

उनले पतंजली योग समितिले संचारकर्मीलाई गरेको सम्मानले थप काममा उर्जा थपिएको बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार