राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति चौहान पारिवारिक कारणले विदेश पलायन

बेलडाँडी-भनिन्छ युवा देशको मेरुदण्ड हुन् । कुनै पनि देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । घाइते अनि पाको उमेरका बा आमालाई त आफ्ना बुढेसकालको सहारा छोरा छोरीको आश लाग्छ भने जननीलाई पनि आफ्ना सन्तानप्रति आश लाग्नु स्वभाविक हुन्छ । जसले आफ्नो बालापन देखि पठनपाठन सम्पूर्ण त्यही माटोमा खर्चेका हुन्छन् एउटा सुनौलो भविष्यको आशमा ।

एउटा युवाले जसोतसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरुपको काममा कति गल्ली धाउंछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउंछ त्यो हो विदेश पलायन ।

किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा नेपाल सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेन ।

 

फलस्वरुप परिर्वतन उर्जाशील युवा देश गाउँ समाज बनाउन खोज्ने युवा नेता समेत विदेश पलायन भएको देख्दा युवाहरुमा निराशा पैदा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति दिपक चौहान पारिवारिक जिम्मेवारी पुरा गर्ने सिलसिलामा बैदेशिक यात्रा तय गरेका छन् । उनले बेलडाँडीमा राष्ट्रिय स्तन्त्र पार्टीको कलिलो मुना रोपी छोटो समयमा महत्वपूर्ण सामाजिक उत्तरदायित्व पुरा गरेका छन् । उनका साथीभाइहरुले उनलाई बैदेशीक यात्रा सुखमयको कामना गरेका छन् ।

 

दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना काठमान्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सप्तरङ्गी फूलको माला पहिरिएर चांडै फर्किने आशमा आंखा भरि आंशु पारेर वृद्ध बा, आमा, छोराछोरी, श्रीमतीलाई छाडेर परदेसिन वाध्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित