अत्तरिया बजार सडक क्षेत्र बन्न थाल्यो ठेलामय

 कैलाली:

कैलालीको अत्तरिया बजार झनझन कुरुप बन्दै गईरहेको छ। सडक क्षेत्रमै मनलाग्दी रुपमा व्यवसायीक प्रयोजनका ठेला राख्न थाले बजार क्षेत्र कुरुप बन्न थालेको छ ।

पहाड रोड, धनगढी, रोड, पूर्व रोड तथा महेन्द्रनगर रोडमा जथाभावी रुपमा लाग्ने व्यवसायीक प्रयोजनका ठेलाका कारण बजार क्षेत्रको स्वरुप नै कुरुप बन्दै गएको स्थानीय विष्णुदत्त जोशीले जनाएका छन । अत्तरिया चोकको चारैतिर लाग्ने ठेलाका कारण सडक जाम हुने गरेको छ।

 

जसले दुर्घटनाको जोखिम समेत बढाइरहेको चालकहरूको गुनासो छ।साँझ ५ बजेदेखि राति साढे ९ बजेसम्म अत्तरिया चोक नै भरिभराउ हुने गरी व्यवसायीक प्रयोजनका ठेला पुरै सडक क्षेत्र नै ओगट्ने गरी जथाभावी रुपमा लगाउने गरेको अर्का स्थानीय प्रमोद खत्रीले बताएका छन खोका छाप्रा र ठेलाको उचित व्यवस्थापन नहुँदा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको नगरवासीहरुको गुनासो छ।

साँझको समयमा करिब दुई सय भन्दा बढी ठेला अत्तरिया चोक वरिपरि लाग्ने गरेको पार्ईएको छ।

तरकारी, फलफूल, आइसक्रिम, अण्डा, चाउमिन तथा मःम का घुम्ती ठेलाले सडकमा जथाभावी फोहोर गर्ने नगरवासीहरूको गुनासो छ। ठेला सञ्चालक तथा ग्राहकले समेत उपभोग गरिसकेको सामग्री नाली र सडकमा मनलाग्दी रुपमा फाल्दा अत्तरियामा प्रदूषण समेत बढीरहेको छ।

 

गोदावरी नगरपालिकाले यसअघि खोकाछाप्रा व्यवस्थापन गर्न भन्दै सडक किनार खाली गराएको भए पनि आजभोली भने साँझको समयमा पहिलेकै हाराहारीमा अत्तरिया बजार ठेलाले भरिभराउ हुने गरेको पाईन्छ । तर, गोदावरी नगरपालिकाले भने मनलाग्दी रुपमा ठेला लगाउने कार्यलाई निरुत्साहित गर्ने काम हुँदै आएको दाबी गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित