कृष्णपुर नगरपालिकामा नामका मात्रै उपभोक्ता समिति, योजनामा मेयर र वडाध्यक्षका विश्वास पात्रको राज

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कष्ृणपुर नगरपालिकामा उपभोक्ता समितिमार्फत ब्यापक भ्रष्टाचार भएको पाईएको छ ।

 

सोझासाझा मान्छेको नाममा उपभोक्त समिति गठन गराएर कतै वडा अध्यक्ष त कतै नगर प्रमुख हेमराज ओझाका विश्वासपात्रले रकम चलाएको पाईएको हो । निर्वाचनमा भएको खर्च असुल गर्न नगर प्रमुखकै निर्देशनमा उक्त कार्य भईरहेको उपभोक्ता समितिका अध्यक्ष बसेकाहरु नै हाकाहाकी बताउछन् । जुन यहा त्यस्ता प्रतिनिधि घट्नाको बारेमा उल्लेख छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नं। २ मा ५० लाखको वाणी मुक्त कमैया गोठबाट खल्लागोठ जाने बाटोमा कल्भट निर्माण कार्यका लागि धन बहादुर चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भयो । तर सबै काम वडा सदस्य जित बहादुर चौधरीले गरे । ‘सबै जित बहादुर चौधरीले हेर्नूभएको हो, उहाँकै कम्प्युटरमा सबै हिसाब छ,’ अनियमितता बारे बुझ्न खोज्दा उपभोक्ता समितिका सचिव तुलसी चौधरीले भने, ‘हामीलाई हिसाब मिलाउन आउँदैन जेजे मिलाउनु थियो उनैको जिम्मा दिएका हौं ।’

यसबारे स्थानियलाई बुझ्न खोज्दा समिति गठन गर्दा समेत मिलोमतो भएको पाईएको छ । समिति गठन गर्दा सुचना टाँस नगरिएको स्थानियहरु बताउँछन् । उपभोक्ता समिति गठन गर्दा खल्तीबाट मान्छेको नाम झिकिएको र केही उपभोक्ता समिति त काम सम्पन्न भएपछि कागज मिलाउन मात्र गठन गरिएको पाईएको स्थानियहरु बताउछन् । वडा नं. २ मा कलपठ निर्माण गरिएको ठाउँका स्थानिय जित बहादुर डगौंराले भने, ‘हामीले त थाहा पाएनौ, कहीँ कतै थाहा नै भएन ।’

वडा नं। २ को चम्मन चोकमा नास्ता पसल सञ्चालक गर्दै आएका मुन्नी रानाले समेत आफुहरुले उपभोक्ता समिति गठन गरिएको थाहा नपाएको बताए । उनले भनिन्, ‘यो त मेन चोक हो, सबै सुचना या टासिन्छन्, तर समिति गठन गर्दा सुचना टाँस गरिएको मैले देखेन, उपभोक्ता समिति गठन भएपछि निर्माण कार्यलागि कामदार आउदा कमिटि गठन भएको थाहा पाए ।’

कृष्णपुर नगरपालिकाकै वडा नं। १ मा खार खोला तटबन्धमा ५० लाख बजेट रहेकोमा यसलाई सहि सदुपयोग नगरिएको स्थानियको गुनासो छ ।

५० लाख रकमले माथिबाटै खोलामा तटबन्ध बनाउनुपर्नेमा टुक्र्याएर सानासाना योजना बनाएर आ–आफ्नालाई दिई आफन्त र आसेपासेलाई पोसेको स्थानिय मनबिर भुलले बताए । उनले भने, ‘जता तटबन्ध हुनुपर्ने हो त्यता भएन, टुक्र्याएर बाँडे र आफ्नाहरुलाई दिए ।’

टुक्याईएको भनिएको ५० लाख मध्येको एउटा योजना १६ लाखको थियो । जसमा स्थानीय फनी चौधरीलाई उपभोक्ता समिति अध्यक्ष बनाईएको थियो । तर काम भने नगर प्रमुखका विश्वासपात्र वडा नंम्बर २ मा गएको स्थानीय निर्वाचनमा वडा अध्यक्ष लडेका बिर बहादुर चन्दले गरे ।

 

उपभोक्ता समितिका अध्यक्ष चौधरीले आफुसंग काम गराउन पैसा नभएकोले चन्दलाई जिम्मा दिएको बताउँछन् । ‘म संग काम गर्न पैसा थिएन, चन्द जि लाई दिएको हुँ, मैले त्यही ४÷५ हजार चलाए, बाँकी सबै उहाँले नै मिलाउनुभएको हो ।’ चौधरीले भने, ‘अलिअलि नदिए त काँ काम गर्न सजिलो छ, पालिकातिरको समेत उनैले मिलाए, मैले केही दिन मजदुरी गरेको थिए मजदुरीको पैसा भने बुझेको छु ।’

कृष्णपुर नगरपालिकाकै वडा नं। ८ मा पनि यस्तै प्रकृतिबाट उपभोक्ता समिति गठन गरि काम गरिएको र उपभोक्ता समितिबाट कमिसन खाएको पाईएको छ । सनक चौधरी र हरेन्द्र मल्ललाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गरिएको भेटिएको छ । आफुलाई कागजमा मात्र देखाएर वडा अध्यक्ष दिनेश खड्काले काम गरेको सनक र हरेन्द्रले बताए । ‘मलाई त काम सम्पन्न भएपछि या हस्ताक्षर गरिदिनुस भने मैले गरेको मात्र हो,’ सनकले भने ‘बाँकी काँ के भयो वडा अध्यक्षलाई थाहा होला पैसा उसैले चलाएको हो मलाई केही थाहा छैन ।’यस्तै हरेन्द्र मल्लले पनि आफुले पैसा नचलाएको र सबै काम वडा अध्यक्षले गरेको बताए ।

यीँ त केही प्रतिनिधिकुलक घट्ना मात्र हुन्, जसले पत्रकारका सामु सत्यता बोल्न हिम्मत गरे । यस्ता योजनाहरु प्रत्येक वडामा ५० भन्दा बढी रहेको पाईएको छ । कृष्णपुर नगरपालिकामा ९ वडा रहेका छन् । यसबारे बुझ्न खोज्दा नगर प्रवक्ता मोहन बहादुर बस्नेत र नगर प्रमुख हेमराज ओझाको मोबाईल फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित