बर्षासंगै भीमदत्त नगरमा ग्राभिलको माग ह्वातै बढ्यो

44
VIEWS

कञ्चनपुर– बर्षातसंगै कञ्चनपुरको भीमदत्त नगरपालिकामा ग्राभिलको माग ह्वातै बढेको छ । बर्षातले कच्ची सडकमा पानी भरिभराउ हुन थालेपछि सडक बिग्रीएका भत्किएका बनाउनका लागि माग ह्वातै बढेको हो ।

भीमदत्त नगरका मेयर पदम बोगटीका प्रेस संयोजक चक्र महताले १९वटै वडाबाट ग्राभिलको माग आईरहेकोे बताए । ‘जसो जसो बर्षा हुन्छ, त्यसो त्यसो गाँउमा ग्राभिलको माग गरिरहेको छ, ‘उनले भने, ‘नदीखोला नाला बन्दले हामीलाई सास्ती भईरहेको छ ।’

बर्षाले सडकमा पानी भरिनुका साथै खाल्टाखुल्टी पुर्नका लागि आवश्यक ग्राभिल ल्याउनका लागि सहजिकरण गरिदिन प्रशासनसंग पालिकाले अनुरोध गरेको प्रेस संयोजक महताले बताए ।

‘हामी जहाँ आवश्यक हुन्छ, स्थानीय जनताकै माग अनुरुप त्यहाँ ग्राभिल हाल्न खोज्छौँ, एमाले कार्यकर्ता त्यही पुगेर अवरोध गर्दछ, ‘उनले भने, ‘एमाले अवरोधकै कारण ग्राभिल हाल्ने काम समेत प्रभावित भईरहेको छ ।’ भीनपा ५बनखेत सडकमा ग्राभिल हाल्ने क्रममा एमालेले अवरोध गरेपछि प्रशासनले पालिकालाई रोकेको बताउँदै उनले अब खुलाउनका लागि प्रशासनलाई पत्राचार गरेको बताए ।

 

विकासमा राजनीति गर्न नहुने उनको सुझाव छ । ‘हामी ग्राभिल ल्याएर खाने होईन, अहिले बर्षातको मौषम भएकाले जनताकै माग र आवश्यकता अनुरुप हाल्ने हौँ, ‘उनले भने, ‘विपद्लाई मध्य नजर गर्दै सबैले आ–आफ्नो ठाँउबाट आवश्यक सहजिकरण गर्नुपर्छ ।’ नगरका जनताको माग अनुरुप आफुहरुले कामकाज गर्दै आएको प्रेस सल्लाहकार महताले बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार