केदारनाथ पहिरोमा परि दुई नेपालीको मृत्यु, १४ बेपत्ता

उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजार (केदारनाथधामको पैदलमार्ग सुरु हुने स्थानमा) मा बिहीबार राति खसेको पहिरोमा परेका १९ मध्ये तीनजनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन्, १४ नेपाली अझै बेपत्ता छन् ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, भने अर्का एक नेपालीको अझै सनाखत भएको छैन । पहिरोमा परेका १६ नेपालीमध्ये ११ जुम्ला र पाँच कालीकोटका रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

गत असारमा मात्र हिमाञ्चलको सिमलामा गएको पहिरोमा परी पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका– ९ टुमिबोटका एकै परिवारका तीनजनाको ज्यान गएको थियो ।

पहिरोमा जुम्लाका एकै परिवारका सातसहित ११ जना बेपत्ता भएका भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर उमाप्रसाद चतुर्वेदीले रुद्रप्रयाग प्रशासनलाई उद्धृत गर्दै नयाँ पत्रिकालाई जानकारी दिएअनुसार जुम्लाको पातारासी गाउँपालिका २ र ३ का ११ जना पहिरोमा परी बेपत्ता भएका छन्।

तीमध्ये वडा नम्बर ३ स्थायी घर भई गौरीकुण्डमा होटेल व्यवसाय गरी बसेका अमरबहादुरको परिवार पहिरोमा परेको छ ।

अमरसहित उनकी श्रीमती, तीन छोरी र दुई छोरा बेपत्ता रहेको बताईएकाे छ । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले आफ्नो पालिकाका कैयौँ नागरिक पहिरोमा बेपत्ता भएको खबर प्राप्त भएको बताइन् । ‘यहाँका धेरैजसो स्थानीय रोजगारीका सिलसिलामा भारतमा छन्, यसबारे हामी पनि बुझ्दै छौँ,’ उनले भनिन् ।

गत असारमा मात्र हिमाञ्चलको सिमलामा गएको पहिरोमा परी पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका– ९ टुमिबोटका एकै परिवारका तीनजनाको ज्यान गएको थियो ।

पहिरोमा जुम्लाका एकै परिवारका सातसहित ११ जना बेपत्ता भएका भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर उमाप्रसाद चतुर्वेदीले रुद्रप्रयाग प्रशासनलाई उद्धृत गर्दै नयाँ पत्रिकालाई जानकारी दिएअनुसार जुम्लाको पातारासी गाउँपालिका २ र ३ का ११ जना पहिरोमा परी बेपत्ता भएका हुन् । तीमध्ये वडा नम्बर ३ स्थायी घर भई गौरीकुण्डमा होटेल व्यवसाय गरी बसेका अमरबहादुरको परिवार पहिरोमा परेको छ ।

अमरसहित उनकी श्रीमती, तीन छोरी र दुई छोरा बेपत्ता रहेको जनाइएको छ । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले आफ्नो पालिकाका कैयौँ नागरिक पहिरोमा बेपत्ता भएको खबर प्राप्त भएको बताइन् । ‘यहाँका धेरैजसो स्थानीय रोजगारीका सिलसिलामा भारतमा छन्, यसबारे हामी पनि बुझ्दै छौँ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित