शान्ति सुरक्षा संगै वातावरण सफाईमा समेत बेलडाँडी प्रहरीको सक्रियता

बेलडाँडी– दशै तिहार चाडपर्व होस् या अन्य कुनै रमाउने कार्यमा सबै रमाइरहँदा प्रहरी भने झन बढी सजगताका साथ डिउटीमा खटिनुपर्छ ।

 

सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् ।

यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ प्रहरीले खट्नु पर्छ ।

यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन् । घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक अन्य कर्मचारी भन्दा थोरै हुन्छ । उनीहरुलेगर्ने परिश्रमको आधारमा यो तलब न्यून हो ।

२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्न तयार रहेको प्रहरीले बेलडाँडीमा शान्ति सुरक्षा बाहेका अन्य समाजिक कार्य समेत तिब्र तरिकाले गर्दै आएको छ ।
पछिल्लो समयमा बेलडाँडी प्रहरीले समय मिलाएर विभिन्न कार्यहरु गर्दै आएको छ । लागुऔषध तथा मदिरा नियन्त्रणका लागि जनचेतना मूलक सन्देश प्रवाह गर्ने कार्य, दुर्घटनाबाट बच्नका लागि ट्राफिक नियमको पालना, वातावरण स्वच्छ राख्नका लागि वातावरण सरसफाई, समुदायमा रहेका विभिन्न संघसंस्था समाजका अगुवाहरु संग छलफल तथा सहकार्य गर्दै गाजाका बोट नष्ट गर्ने कार्य लगायत थुप्रै समाजिक कार्य गर्दै आएका छन् ।

बेलडाँडी इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक पुस्कर पन्तका अनुसार “२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परिसकेको बताए ।” जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उहाँको भनाइ छ । हरेक क्षेत्रमा कार्यरत सबैले रचनात्मक सोच लिएर अगाडि बढ्ने हो भने जस्तो सुकै कठिनाइको पहाड पनि भत्काउन सकिने प्रहरी निरीक्षक पन्तको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित