कञ्चनपुरमा विश्व आदिवासी जनजाति दिवस मनाईने

धनसिह धामी/कञ्चनपुर-बुधबार कञ्चनपुरको महेन्द्रनगरमा विश्व आदिवासी जनजाति दिवस मनाईने भएको छ ।

 

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरले २४ साउनमा विश्व आदिवासी जनजाति दिवस मनाउने भएको हो ।

भीमत्त नगरपालिका ४ महेन्द्रनगरको भानु पाटी पैलेसको हलमा २९औँ विश्व आदिवासी जनजाति दिवस मनाउन आवश्यक तयारी भईरहेको छ । हरेक अगस्थ ९ तारेखका दिन नेपाल लगायत विश्वभरीका मुलुकमा दिवस मनाईने गरिन्छ ।

जस अनुरुप नेपालमा समेत यस पटक ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सिपको प्रर्बद्धन गर्दै पुख्यौली भूमि, भाषा र संस्कृतिको सरक्षण गरौँ’ मुल नारा अघि सारिएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले दिवसको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । अध्यक्ष श्रेष्ठका अनुसार जिल्लाभरीकै दिवस भव्य रुपमा मनाईने छ ।

०७६देखि ०७९सम्म कोराना महामारी सहित विवित कारणले विश्व आदिवासी दिवस मनाउन नसकिएको बताउँदै ०८०मा मनाउन लागिएको बताए । प्रमुख अतिथि, बिशिष्ठ सहितका अन्य अतिथिहरु आदिवासी जनजाति समुदायबाटै र सम्बन्धीत सरोकारवालाहरुलाई समेत आमन्त्रण गरिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रमुख अतिथिमा एमाले नेता एव प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्गलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा राना, चौधरी, मगर, उराउ,नेवार सहितका विभिन्न आदिवासी जनजाति समुदायबाट लोक संस्कृति सहितका झाँगी प्रर्दशन गराईनेछ ।

विवित साँस्कृति कार्यक्रम सहित अथितिको शुभकामना मन्तव्य सहित कार्यक्रम गरिनेछ । कार्यक्रममा जिल्लाभरीबाटै सहभागिता हुने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित