पुनर्वास, २५ साउन । कञ्चनपुरको दोदा नदी गाँउ पस्दा पुनर्वासको सिमरी गाँउ डुवानमा परेको छ । चुरे भएर बग्ने दोदा नदीमा आएको वाढी पुनर्वास नगरपालिका ५ सिमरी गाँउ पस्दा बस्ती डुवान भएको हो ।
कृष्णपुर नगरपालिका २ खल्लागोठ हुुँदै लालझाडी, बेलौरी पुनर्वास हुँदै भारतीय दुधुवा नेशनल पार्कमा मिसिने दोदा नदी सिमरी क्षेत्रमा समथर भाग भएकाले बाढी गाउँमा पस्ने गरेको छ ।
बाढी तथा डुवानबाट कुनै क्षति नहोस भन्नका लागि प्रदेश सदस्य माननीय दिवान सिंह बिष्ट र विर बहादुर थापा पालत बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुटेका छन् । बाढी पिडितहरु लाई उनीहरुले सुरक्षति स्थानमा जान प्रेरित गरिराखेका छन् ।
‘दोदा नदी गाँउपस्दा हुलाकी राजमार्ग समेत अवरुद्ध हुनुका साथै आवातजावतमा समेत प्रभाव पर्दै आएको छ ।
बुधबार सिमरी गाँउका ४० र रातोखालेका ५ परिवारजति विस्थापित भएका छन । पुनर्वास नगरका मेयर तोया प्रशाद शर्माले दुवै गाँउमा पानी पस्दा विस्थापित भएको बताए । मेयर शर्माले विस्थापितका लागि सुरक्षित आवासदेखि खाद्यान्न प्रबन्ध गरिएको बताए ।
‘हिजो भन्दा आज पानी घटिरहेको छ, ‘मेयर शर्माले भने, ‘नदीमा पानीको सतह बढे जोखिम बढ्छ, घटे घटदै जान्छ, फेरी विस्थापित घर फर्किन्छन ।’ वाढीले मानविय तथा भौतिक क्षति नभएको मेयर शर्माले बताए । नदी गाँउपसेपछि जनप्रतिनिधी, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितका स्थानीयले वाढी प्रभावित नागरिकको उद्दार गरिराखेका छन् ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले वाढी प्रभावित नागरिकलाई उद्दार गरेर सुरक्षित स्थानमा सारिएको बताए । ‘हामीले उनीहरुलाई विपद्को जोखिमबाट उद्दार गरेर सुरक्षित स्थानमा ल्याएका छौँ, ‘उनले भने, ‘उनीहरु आफन्तको घरमा बसेका छन, पानी कम भए घर फर्किन्छन ।’ सशस्त्र प्रहरीले अहिलेको विपद्मा संकटमा परेका मानिसको उद्दारदेखि अस्थायी तटबन्ध निर्माणमा खटिएको छ । समान माथिल्लो तला वा आफन्तको घरमा लगेका छन । साउनको तेस्रो साता कञ्चनपुरका शहरबस्ती अव्यवस्थित भौतिक संरचना निर्माण र गाँउबस्ती नदीखोलाको पानी सतह बृद्धि भएपछि डुवानमा परेका छन ।
Discussion about this post