बेलडाँडीका जनता भन्छन् : उपाध्यक्ष ज्यू फिल्मीशैलीमा बनाएको भिडियोका कुरा कहिले कार्यान्वयन हुन्छन् ?

513
VIEWS

बेलडाँडी । बेलडाँडी गाउँपालिका अनुगमन समितिकी संयोजक शान्ति नाथको नेतृत्वमा झण्डै ३ महिना अघि फिल्मीशैलीमा गरिएको बजार अनुगमनले अहिले सम्म सार्थकता नपाएपछि स्थानीयहरुले प्रश्न उठाउन थालेका छन् ।

 

कैलाली बाट १ जना पत्रकार बोलाएर बेलडाँडीका दुई मुख्य बजार लगायतका पसलहरूमा गरिएको अनुगमनले सार्थकता नपाएपछि उपभोक्ता चिन्तित बनेका छन् । उपाध्यक्ष नाथले फिल्मीशैलीमा ब्यवसायीको पसल पसलमा गएर आइन्दा भन्दै चेतावनी दिदै पसलबाटै अन्तर्वार्ता दिएकी थिईन ।

उनले भनेका थिए मदिरा बेच्ने समय तोकिएको छ सो अनुसार मदिरा बेच्नु होला, व्यवसाय दर्ता गरेर व्यवसाय गर्नु होला, आफुले अहिले सम्म ३ पटक अनुगमन गरिसकेको र नास्ता जस्ता खानेकुरामा रंग नहाल्न आग्रह गरेको बताउदै अन्तिम पटक कार्वाहीको दायरामा आउने बताएका थिए । तर अहिले सम्म उनले भिडियोमा बोलेका कुरा कार्यान्वयन नुहदा स्थानीयन उपभोक्ता हैरान भएका छन् ।

उपाध्यक्ष नाथले पहिलो चरणकै अनुगमन गर्ने बेला सढेको माछा बेचेको भन्दै माछा खाडलमा पुरिदिएका थिए । त्यसपछि पनि अहिले सम्म सिमा क्षेत्रका कटिङ सेन्टरहरुमा फर्मालियन प्रयोग भएका माछा विक्रि हुन रोकिएका छैनन् । अनुगमन गर्ने निकाय लाचार भइदिदा स्थानीयहरु त्रसित बन्दै गएका छन् । बेलडाँडी गाउँपालिका तराइका जिल्लाहरु मध्ये सबै भन्दा सानो गाउँपालिका हो । ३० हजारको हाराहारीमा यहाँको जनसंख्या छ ।

पछिल्लो समयमा यहाँ भारतिय सिमाबाट मरेका कुखुराहरु आउने गरेको स्थानीय बताउछन् । तस्करहरुले विना टाउका भएका कुखुराहरु नेपाल भित्र्याउने कार्य भएको बताउछन् । मानव स्वास्थ्यलाई खतरा पुग्ने प्रतिवन्धित समानहरु बेलडाँडी भित्रिदा समेत अनुगमन समितिकी संयोजक चुइक्क नबोल्दा उनी माथी समेत स्थानीयले संका गर्न थालेका छन् ।

 

उपाध्यक्ष नाथले भने “अस्तव्यस्तताका कारण अर्को चरणको अनुगमन गर्न नसकिएको जनाएकी छिन् । अहिले हामीहरू डुवान क्षेत्रमा ढल निकास कार्यमा बिहान ७ बजे देखि दिन भर लागेका छाैं,” प्रदेश तिर पनि योजना माग गर्नेकार्यले व्यस्त भएका थियाैं भोलि नै यस विषयमा समितिको बैठक बोलाएर छलफल गर्ने बताउनु भयो ।

 

स्थानीयबासीका अनुसार जनताले आफ्ना प्रतिनिधी चुन्ने बेला योग्यतावानलाई नचुनिदिदा अनुगमन लगायत बेलडाँडीको विकासमा यस्तो समस्या देखिन थालेको जनाए । केहि दिन पहिला मात्र अनुगमन समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष नाथले आफ्नो नाममा विद्यालयबाट ३ लाखको चेक काट्न लगाएको, पालिकाबाट विद्यालयको खातामा ५० लाख ६३ हजार रकम हाल्न लगाएको विषयले चर्चा लिएको थियो ।

अनुगमन गर्दा उनले बोलेका कुरा यस्ता थिए भिडियो सहित भण्डाफोरबाट साभार गरिएको

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार