भगवती सामुदायिक वनका अध्यक्ष धामीलाई संरक्षण पुरस्कार

16
VIEWS

धनसिह धामी/कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको एक सामुदायिक वनका अध्यक्ष एव जिल्लाका संरक्षणकर्मीलाई सरक्षण पुरस्कार प्रदान गरिएको छ ।

 

सामुदायिक वन समन्वय समितिले शुक्लाफाँटा नगरपालिका ८ मा रहेको भगवती सामुदायिक वनका अध्यक्ष एव कञ्चनपुरका संरक्षणकर्मी केशव धामीलाई सरक्षण पुरस्कार प्रदान गरिएको हो ।

बिहीबार सामुदायिक वन समन्वय समिति(सिएसिसी)को १९औँ बार्षिक साधारण सभा कार्यक्रममा धामी सहितका पाँच सामुदायिक वनका अध्यक्ष एव संरक्षणकर्मीलाई पुरस्कार प्रदान गरेको छ ।

धामी सहित नवदुर्गा सामुदायिक वनका अध्यक्ष बन्धु राना, कोपिला जनजागृति वनका अध्यक्ष जोना बानिया, दिपेन्द्र स्मृति सामुदायिक वनका अध्यक्ष देवसिह भण्डारी, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीलाई जनही ५÷५ हजारका साथै प्रमाण पत्र दोसल्ला ओढाएर पुरस्कार एव सम्मान गरिएको छ ।

उनीहरुलाई वन संरक्षण, सुशासनमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै पुरस्कार प्रदान गरिएको छ । संरक्षणकर्मीले सम्मान पुरस्कारबाट थप संरक्षणका क्षेत्रमा काम गर्ने उर्जा र जिम्मेबारी थपिदिएको बताएका छन ।

 

भगवती सामुदायिक वनका अध्यक्ष एव कञ्चनपुरका संरक्षणकर्मी अगुवा केशव धामीले सिएसिसीबाट संरक्षण सुशासन पुरस्कारका साथै सम्मानले भावि दिनमा संरक्षणका क्षेत्रमा काम गर्ने उत्साह र जिम्मेबारी थपिदिएको बताए ।

 

सामुदायिक वन समन्वय समिति(सिएसिसी)का अध्यक्ष शिवदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्तमको प्रमुख अतिथिमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी रहेका थिए । भने बिशिष्ठ अतिथिमा सुप प्रदेशका निर्वतमान ससद महेश दत्त जोशी रहेका थिए ।

 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रशाद तिवारी, पश्चिम तराई भुपरिधीका कार्यक्रम प्रबन्धक लक्ष्मण पौडेल सहितका संरक्षण क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार