सुदूरपश्चिममा ट्राफिक प्रहरीले उठायो ६ करोड ४३ लाख राजश्व

33
VIEWS

कैलाली:

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार ६ सय बढी सवारी कारबाहीमा परेका छन। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार गत वर्ष एक लाख १२ हजार ६ सय ५५ सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले सवारी कारबाहीबाट ६ करो ४३ लाख बढी राजश्व संकलन गरेको हो ।

 

गत आर्थिक वर्षमा ६ करोड ४३ लाख ७० हजार रुपैयाँ सवारी कारबाहीबाट राजश्व संकलन भएको छ ।सुदूरपश्चिममा गत वर्ष १५ हजार ९५ ट्रकलाई कारबाही गरेकोमा ८८ लाख ८९ हजार पाँच सय, पाँच हजार तीन सय ३७ बसलाई कारबाही गरिएकोमा ३० लाख ३१ हजार, २६ हजार तीन सय २७ जिपर कारलाई कारबाही गरिएकोमा एक करोड ४३ लाख तीन हजार पाँच सय र १३ हजार चार सय ६१ ट्याक्टरलाई कारबाही गर्दा ७७ लाख चार हजार राजश्व संकलन भएको छ।

 

यस्तै, गत वर्ष ट्राफिक प्रहरीले ४३ हजार ६ सय ४६ मोटरसाइकललाई कारबाही गर्दा दुई करोड ५३ लाख ३७ हजार पाँच सय राजश्व संकलन भयको छ। सुदूरपश्चिममा गत वर्ष आठ हजार सात सय ७९ अन्य सवारी कारबाहीमा परेका छन्। अन्य सवारीको कारबाहीबाट ५१ लाख चार हजार पाँच सय राजश्व संकलन गरेको छ।

आर्थिक वर्ष २०७८र०७९ मा पाँच करोड ४१ लाख ९४ हजार रुपैयाँ सवारी कारबाहीबाट राजश्व संकलन भएको थियो। उक्त वर्ष सुदूरपश्चिममा ९७ हजार एक सय सात वटा सवारीलाई कारबाही गरिएको थियो। सुदूरपश्चिममा सवारी साधनको संख्या बढेसँगै कारबाहीमा पर्नेको संख्यासमेत बढेको
छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार