बझाङ मा एक महिलाले ८९ वर्ष को उमेरमा पाईन् नागरिकता

बझाङ: 

बझाङकी एक महिलाले ८९ बर्षको उमेरमा नागरीकता पाएकी छिन् । जिल्लाको मष्टा गाउँपालिका भातेखोलाकी गिठीदेवि जोशीले ८९ वर्षको उमेरमा नागरिकता पाउनु भएको छ । उनले हिजो शुक्रवार मात्रै नागरिकता पाउनु भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर उनलाई नागरिकता दिएपछि जोशीसहित स्थानीय बासीले खुसी ब्यक्त गरेका छन् ।
उनलार्इृ नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताविहीन हुनुभएको पाण्डेयले जानकारी दिईएका छन् । आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेका थिए ।

 

त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै गई नागरिकता दियका हौ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने । उनले अब सरकारबाट प्राप्त हुने सेवा सुविधा पाउने कुरासमेत पाण्डेले बताए ।

गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएलगत्तै प्रशासनले घरमै आएर नागरिकता दिएको गौरीलालले जानकारी दिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित